१४ भदौ २०८३, आइतबार | August 31, 2026

पार्टी महाधिवेशनका लागि सबैले दबाब दिनुपर्ने आवश्यकता छ : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशनका लागि पार्टी नेता तथा कार्यकर्ताले दबाब दिनुपर्ने अवस्था आएको बताएका छन्। कोइरालाले महाधिवेशनका लागि दैनिक सामाजिक सञ्जालमार्फत सभापति शेरबहादुर देउवालाई दबाब दिन र आवाज उठाउन आग्रह गरेका हु ।

कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले आज यहाँ आयोजना गरेको नेपाली ‘कांग्रेसभित्र अपरिहार्यता, सहमति, सहकार्य र एकता आजको आवश्यकता’ विषयक अन्तरक्रियामा नेता कोइरालाले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने र त्यसको प्रत्यक्ष असर देशमा पर्ने भएकाले महाधिवेशन ढिलो गर्न नहुने बताए ।

उनले भने, “हामी अधिवेशनको सङ्घारमा छौँ । छिटोभन्दा छिटो महाधिवेशन नभए कांग्रेस कमजोर हुँदै जान्छ । त्यसैले सबैले हरेक दिन सामाजिक सञ्जालमा समयमै महाधिवेशन हुनुपर्छ भनेर लेख्न थाल्नुस्, दबाब बढाउनुस् ।”

नेता डा कोइरालाले विसं २०८४ पछि मात्रै महाधिवेशन गर्ने भन्ने चर्चा पार्टीभित्र सुनिन थालेकामा आपत्ति जनाउँदै त्यसरी पार्टी चल्न नसक्ने स्पष्ट पारे । साथै, पार्टीको अनुशासन समिति नै गुटगत प्रभावमा परेको र ‘नोट अफ डिसेन्ट’लाई समेत मान्यता नदिएको उनको आरोप थियो ।

डा कोइरालाले पार्टीभित्र सहमति, सहकार्य र सङ्गठनात्मक एकता अनिवार्य रहेको उल्लेख गर्दै त्यसको सुरुआत सभापतिबाटै हुनुपर्नेमा जोड दिए। कांग्रेसलाई एकढिक्का बनाएर अगाडि बढाउन १५औँ महाधिवेशन समयमै हुनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ८ : ०६ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति