१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

स्पेनिस ला लिगा : नौ खेलाडीमा सीमित मार्‍योकाविरुद्ध साविक विजेताको तीन गोल



काठमाडौं । नौ खेलाडीमा सीमित रहँदै खेलको अन्त्य गरेको मार्योकाविरुद्ध ३-० को जित निकाल्दै बार्सिलोनाले स्पेनिस ला लिगा २०२५-२६ सिजनको सुखद सुरुआत गरेको छ ।

शनिबार राति घरेलु मैदानमा सम्पन्न खेलको पहिलो हाफमै दुई खेलाडीले रातो कार्डको दर्शन गरेपछि मार्योका नौ खेलाडीमा सीमित बनेको हो । पाहुना टिमको जितमा राफिन्हा, फेरान टोरेस र लामिन यमलले गोल गरे ।

सातौँ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो । २३ औँ मिनेटमा टोरेसले पाहुना टिमको अग्रतालाई दोब्बर बनाए । इन्जुरी समयको अन्तिम मिनेटमा यमलले गोल गरेपछि बार्सिलोनाले तीन गोलसँगै सहज तीन अंक सुनिश्चित गरेको हो ।

३३ औँ मिनेटमा मनु मोर्लानेसले रातो कार्डको दर्शन गरेपछि मार्योका १० खेलाडीमा झरेको थियो । मोर्लानेसले लामिन यमलमाथि फाउल गरेपछि दोस्रो पहेलो कार्डसँगै रातो कार्ड पाएका थिए ।

त्यसको सात मिनेटपछि नै मार्योका नौ खेलाडीमा समेटियो । बार्सिलोनाका रक्षक एरिका गार्सियामाथि फाउल गरेपछि मार्योकाका फरवार्ड भेडाट मुरिकीले भिडियो असिस्टेन्ट रेफ्री (भार) को सहायतामा सोझै रातो कार्डको दर्शन गरेका थिए ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  ७ : ५६ बजे

विष्णु पौडेलको प्रतिवद्धताले मतदाता आर्कषण, पूरा योजना पूरा गरी नयाँ कार्यान्वयनमा लैजान आग्रह

बुटवल । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रूपन्देही क्षेत्र नं २ बाट उम्मेदवार

नारायणप्रसाद आचार्य पुनः चुनावी मैदानमा, अधुरा योजना पूरा गर्ने प्रतिबद्धता

पाल्पा । पाल्पा क्षेत्र नम्बर १ का पूर्व प्रतिनिधिसभा सदस्य

बुटवलमा मगर दिवसको अवसरमा ‘कानुङ साँझ’ कन्सर्ट हुँदै

बुटवल । मगर दिवसको अवसर पारेर बुटवलमा ‘कानुङ साँझ’ नामक

ट्रम्पको प्रश्न – इरान किन झुकेको छैन ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा सैन्य दबाबका बाबजुद इरान किन

निर्वाचनका अवसरमा तीन दिन बिदा दिन आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन