काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल खेल्न नेपाली महिला टोली आज भुटान प्रस्थान गर्दै छ ।
भदौ ४ देखि १५ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, भुटान र बङ्गलादेश सहभागी हुनेछन् ।
प्रतियोगिता लिग चरणमा हुने भएकाले प्रत्येक टोलीले एकअर्कासँग दुई-दुई खेल खेल्नेछ । अन्त्यमा शीर्ष स्थानमा रहने टोली विजेता घोषणा गरिनेछ ।
नेपालले भदौ ४ र १३ गते भारतसँग, ६ र १५ गते भुटानसँग तथा ८ र ११ गते बङ्गलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० ले टोलीलाई आइतबार नै औपचारिक रूपमा बिदाइ गरेको छ ।


















प्रतिक्रिया