२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

काठमाडौंमा इन्डोनेसियाको ८० औँ स्वतन्त्रता दिवसमा झन्डोत्तोलन



काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ८० औँ स्वतन्त्रता दिवसको अवसरमा आइतबार काठमाडौंमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ । नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय, आइएमई कम्प्लेक्स परिसर, पानीपोखरीमा विशेष समारोहबीच झन्डोत्तोलन गरिएको हो ।

कार्यक्रममा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले नेपाल-इन्डोनेसियाबीचको सम्बन्ध ऐतिहासिक र सुमधुर रहेको उल्लेख गर्दै यसलाई जनस्तरसम्म विस्तार गर्न आफू निरन्तर प्रयत्नशील रहेको बताए । उनले आपसी व्यापार, अनुभव आदान-प्रदान तथा पर्यटनजस्ता क्षेत्रलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए ।

नेपाल र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको हो । हाल नेपालका लागि इन्डोनेसियाको आवासीय राजदूतको कार्यालय बङ्गलादेशको ढाकामा रहेको छ । आसियान मुलुकहरूमध्ये ठूलो अर्थतन्त्र भएको इन्डोनेसियासँग नेपालले व्यापार, आयात-निर्यात र पर्यटनका क्षेत्रमा प्रशस्त सम्भावना रहेको पनि उनले बताए ।

झन्डोत्तोलन कार्यक्रममा नेपालमा बसोबास गर्दै आएका इन्डोनेसियाली नागरिक, वाणिज्य दूत कार्यालयका प्रतिनिधि तथा आइएमई ग्रुपका कर्मचारीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ८ : ३९ बजे

लागुऔषधसहित तीन जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका–११

गगन थापालाई गोपालमान श्रेष्ठको सुझाव – “राजीनामाले पार्टी र देशलाई हित गर्दैन”

काठमाडौं । नेपाली कांग्रेसका पाका नेता गोपालमान श्रेष्ठले गगन थापालाई

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव

शुक्ला-लालझाडी-जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको

सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)