१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

टप एण्ड टी-२० सिरिज : नेपालले पायो १७६ रनको चुनौतीपूर्ण लक्ष्य



काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिज अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा १७६ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ । टस हारेर पहिले फिल्डिङको निम्तो पाएको नेपालले मेलबर्न स्टार्स एकेडेमीविरुद्ध १७६ रनको लक्ष्य पाएको हो ।

मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन जोड्यो । मेलबर्नका लागि ओपनर ब्ल्याके माकडोनल्डले सर्वाधिक ७४ रन बनाए । मात्र ४७ बल खेल्दै उनले ६ चौका र दुई छक्का प्रहार गरे ।

यस्तै थोमस रोजर्सले पनि ४६ बलमा ७ चौका र एक छक्काको सहयोगमा ६५ रनको आक्रामक पारी खेले । सन्दीपले ३ विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले २६ रन खर्चे । सोमपाल र सहाब अलामले १/१ विकेट झारे ।

नेपालको यो तेस्रो खेल हो । यसअघिको दुवै खेलमा नेपाल पराजित भएको थियो । आरिफ शेख, भीम सार्की र दोस्रो खेलमा बेन्चमा बसेका साहब आलमलाई पनि आज प्लेइङ ११ मा राखिएको छ ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ९ : १२ बजे

विवादास्पद व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तीव्र बनेपछि विवादास्पद व्यापारी

सानो भ-याङस्थित यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सानो भ-याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात

सरकारले राज्यआतंक देखायो : एमाले, देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । नेकपा (एमाले)ले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि सरकारले अत्यधिक बल

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा