२० भदौ २०८३, शनिबार | September 5, 2026

लायन्स क्लब अफ बुटवलको आयोजनामा कान्ति माविका ६ हजार विद्यार्थीको आँखा परीक्षण शिविर सम्पन्न



बुटवल । लायन्स क्लब अफ बुटवल लायनेन्स क्लब अफ बुटवल र लियो क्लब अफ बुटवलको संयुक्त आयोजनामा सोमबार बुटवलस्थित कान्ति माध्यमिक विद्यालयमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । क्लबले वर्ष २०२५/२६ मा २५ हजार जनाको आँखा परीक्षण गर्ने अभियान अन्तरगत कान्ति माविमा शिविर आयोजना गरी कार्यक्रमको सुरुवात गरिएको क्लबले जनाएको हो ।

शिविरको समुद्घाटन गर्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्य तथा सामाजिक क्षेत्रमा लायन्स क्लबले खेलेको भूमिकाप्रति प्रशंसा व्यक्त गरे । विशेष गरी बुटवलमा आँखा अस्पतालको स्थापना र सञ्चालन तथा विभिन्न सामाजिक क्षेत्रहरुमा लगानी जुटाउने अभियान क्लबको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।

क्लबले एक वर्षको कार्योजनामा आफ्ना सेवा क्षेत्रभित्र रहेका २५ हजार जनाको निःशुल्क आँखा परीक्षण गर्ने लक्ष्य राखेको क्लबका अध्यक्ष प्रतिक पोख्रेलले जानकारी दिए । सो अभियान अन्तरगत सोमबार कान्ति माविमा रहेका ६ हजार विद्यार्थीको आँखा परीक्षण गर्ने लक्ष्य राखिएको बताए ।

सो अवसरमा बोल्दै क्लबका संस्थापक सचिव तथा प्रमुख सल्लाहकार जीवनप्रसाद वझाले अभियानको स्वागत गरे । कान्ति मावि व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका वझा आफ्नो विद्यालयबाट अभियानको सुरुवात भएकोमा खुसी व्यक्त गरे ।

यसैगरी बुटवल लायन्स आँखा अस्पतालका सभापति रामेश्वरप्रसाद श्रेष्ठ, पिडिजी पिएम जेएफ अर्जुनमान शैंजु, कान्ति माविका प्रधानाध्यापक गोविन्द ज्ञवाली, लायनेन्स क्लब अफ बुटवलका अध्यक्ष लक्ष्मी श्रेष्ठ, लियो क्लब अफ बुटवलका अध्यक्ष सागर भुसाल लगायतले बोल्दै थप सिर्जनशिल कार्यमा सक्रिय हुन आग्रह गरे । क्लबका सचिव उमेश अमात्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ४ : ३३ बजे

पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेप्रति सरकार निर्मम हुने प्रधानमन्त्रीको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आफन्त गुमाएर अथाह पीडामा रहेका

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार