१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

लायन्स क्लब अफ बुटवलद्वारा उपमहानगरको क्षति भएको दमकललाई ब्याट्री र पञ्जा हस्तान्तरण



बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिकाको क्षति भएको दमकललाई तत्काल आवश्यक रहेको ब्याट्री र सरसफाइका लागि १०० थान हार्ड पञ्जा हस्तान्तरण गरेको छ । क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत नगरवासीको सुरक्षा र सुविधा सहज बनाउन सहयोग गरेको हो ।

हालै जेनजी आन्दोलनका क्रममा बुटवल उपमहानगरपालिकाको भवन, दमकलसहितका सवारी साधनमा आगजनी र तोडफोड भएको थियो । आन्दोलनकारीले जलाएको कारण दमकल सञ्चालनमा समस्या उत्पन्न भएको र तत्काल ब्याट्री आवश्यक परेको अवस्थामा लायन्स क्लबले सहयोगको हात बढाएको हो । दमकल नगरवासीको ज्यान र सम्पत्ति जोगाउने मुख्य साधन भएकाले यसको मर्मत र सञ्चालन निरन्तर हुनुपर्नेमा क्लबले जोड दिएको छ ।

क्लबका अध्यक्ष प्रतीक पोखरेलले नगरपालिकाको भवन र सवारी साधनमा भएको क्षतिप्रति दुख व्यक्त गर्दै लायन्स क्लब समुदायको हितका लागि सधैं अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “दमकल सञ्चालनमा अवरोध आउन नदिई समुदायको सुरक्षामा निरन्तर खटिन सघाउने उद्देश्यले हामीले ब्याट्री र पञ्जा उपलब्ध गराएका हौं ।”

सहयोग कार्यक्रमबारे जानकारी दिँदै क्लबका सचिव उमेश अमात्यले भने, “सामाजिक संस्था र नगरवासी सबै मिलेर विपद्‌पश्चात पुनःस्थापना र सुधारमा जुट्न जरुरी छ ।”

सहयोग हस्तान्तरण कार्यक्रममा सञ्जय जयसवाल, महेश श्रेष्ठ, शरदमान श्रेष्ठ, अशोक अमात्य, दिनेश प्रधान, पवन श्रेष्ठ, आनन्द ओझा, रिशव ओझा, प्रदीप शाक्य, वासुदेव श्रेष्ठलगायतको उपस्थितिमा सम्पन्न भएको थियो । सहभागीहरूले लायन्स क्लबको यो योगदानलाई प्रशंसनीय भन्दै नगरवासीको जीवन र सम्पत्ति जोगाउन सहयोगी हात बढाउनु सबैको दायित्व भएको प्रतिक्रिया दिएका थिए ।

लायन्स क्लब अफ बुटवलले यसअघि पनि विभिन्न स्वास्थ्य शिविर, शिक्षा सामग्री वितरण, रक्तदान कार्यक्रम, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । क्लबले आगामी दिनमा पनि यस्ता सामाजिक सहयोगलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  १ : ५८ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो