७ आश्विन २०८३, बुधबार | September 23, 2026

ब्रिटिश एजुकेशन ग्रुपद्वारा कील विश्वविद्यालयको सहकार्यमा बीएससी (अन्स) डाटा साइन्स कार्यक्रमको शुभारम्भ



काठमाडौ । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गतको ब्रिटिश इन्टरनेशनल कलेजले बेलायतको प्रतिष्ठित कील विश्वविद्यालय  सँगको सहकार्यमा नेपालमा बीएससी (अन्स) डाटा साइन्स कार्यक्रमको शुभारम्भ गरेको छ।

काठमाडौंको होटल मेरियटमा आयोजित एक भव्य समारोहका साथ यो ऐतिहासिक कार्यक्रम सुरु भएको हो। यसले नेपालको शैक्षिक र प्रविधि क्षेत्रमा नयाँ युगको सुरुवात गरेको छ।

कार्यक्रममा शिक्षा, प्रविधि, व्यवसाय, कूटनीति तथा सरकारी उच्च अधिकारीहरू, शैक्षिक विज्ञहरू, उद्यमीहरू र आकांक्षी पेशाकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवात ब्रिटिश एजुकेशन ग्रुपका अध्यक्ष उपेन्द्र कँडेल र कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले दीप प्रज्वलनबाट गरेका थिए।

सो अवसरमा एआई र डाटा विषयवस्तुमा आधारित विशेष नृत्य प्रदर्शन गरिएको थियो भने ब्रिटिश कलेजको आधिकारिक एआई रोबोट रोजले पहिलोपटक स्वागत मन्तव्य राखेकी थिइन्।

कार्यक्रममा डाटा साइन्सको महत्वबारे आफ्नो विचार राख्ने विशिष्ट वक्ताहरूमा Dolma Fund Management का सीईओ टिम गोचर OBE DL, गूगलका पूर्व प्रोडक्ट म्यानेजमेन्ट प्रमुख जोन बी पार्क, सांसद मनीष झा, र नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेन प्रमुख अतिथि रहेका थिए।

राजदूत फेनले बेलायत–नेपाल शैक्षिक सहकार्यलाई रणनीतिक महत्व दिँदै नेपाल र विश्व पूँजी बजारबीच पुल बनाउन सके बेलायती लगानीकर्ताहरू पहिलो हुने र शिक्षा नै त्यस पुलको आधारभूत पूर्वाधार भएको विश्वास व्यक्त गरे।

ब्रिटिश एजुकेशन ग्रुपका समूह प्रमुख कार्यकारी अधिकृत राजेन कँडेलले यो कार्यक्रम शैक्षिक पोर्टफोलियोमा नयाँ थप मात्र नभई दुई राष्ट्र र संस्थाबीचको साझेदारीको उत्कृष्ट उदाहरण भएको बताए।

फिनटेक अलायन्स नेपालका अध्यक्ष साजन शर्माले ब्रिटिश कलेजसँगको सहकार्यलाई स्मरण गर्दै भविष्यमा अझ घनिष्ठ सहकार्य गर्ने उत्साह व्यक्त गरे।

यो बीएससी ९अन्स०डाटा साइन्स कार्यक्रमले नेपालमा छरिएका विशाल डेटालाई व्यवस्थित गर्न र सही दिशाप्रदान गर्न एउटा महत्त्वपूर्ण शैक्षिक पहल सुरु गरेको छ।

यस कार्यक्रमकोलक्ष्य देश भित्र उपलब्ध तथ्याङ्कहरूलाई वैज्ञानिक ढंगले व्यवस्थापन र मार्गदर्शन गर्नु हो।

आगामी सेप्टेम्बर २०२५ सम्म पहिलो ५० जना विद्यार्थीका लागि प्रारम्भिक अफर पनि उपलब्ध रहेको छ। थप जानकारीका लागि इच्छुक विद्यार्थीहरूले ब्रिटिश कलेज वा ब्रिटिश इन्टरनेशनल कलेजमा सम्पर्क गर्न सक्नेछन्।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ९ : ११ बजे

हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश

त्रिशूली । रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्डे, सातविसे र नौबिसेमा अहिले

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई-पोखरा-दुबई रुटमा

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री

सिद्धबाबा सुरुङमार्गमा आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन