११ चैत्र २०८२, बुधबार | March 25, 2026

दशैँ-तिहारमा सवारी भाडा नबढ्ने



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसपटक दशै–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने जनाएको छ । आइतबार बसेको पूर्वाधार विकास समितिमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दशैं र तिहारको समयमा भाडा नबढ्ने जनाएका हुन् ।

उनले इन्धनको मूल्य बढे बढाउने, मूल्य घटे घटाउने खालको अटोमेसन सिस्टम नेपालमा रहेपनि यसपालीको दशैँ तिहारमा भाडा बढाउने योजना नरहेको जानकारी दिए ।

उनले मन्त्रालयको मातहतमा रहेका सडकहरु प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको बताए । मन्त्री दाहालले यसअघि केन्द्रले तोकेर सडक प्रदेशलाई जिम्मा लगाउने गरिएपनि अहिले प्रदेश सरकारबाट माग भएपछि मात्र प्रदेशलाई हस्तान्तरण गर्ने निती बनाईएको बताए ।

व्यवसायीहरुलाई दशैं र तिहारको बेलामा मानिसको चहलपहल बढि हुने मौका पारेर भाडा बढाउने गरेको गुनासो आएको बताउँदै मन्त्री दाहालले त्यस्तो नगर्न पहल गरिएको र आफुखुसी बढाइए कारवाही हुने बताए ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  १० : ०४ बजे

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग