काठमाडौं । सत्तारूढ दलले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा विपक्षी सांसदहरूको समेत साथ रहने भएको छ । मंगलबार (भदौ ३) बिहानदेखि नेपाली कांग्रेस र नेकपा (एमाले)ले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन् ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले अभियानप्रति समर्थन जनाउँदै सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा हस्ताक्षर गरिन् । त्यस्तै, सीके राउत नेतृत्वको जनमत पार्टीका सांसदहरूले पनि हस्ताक्षर गरेका छन् ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को समेत अभियानमा साथ रहेको कांग्रेस सांसद रामहरि खतिवडाले जानकारी दिए । उनका अनुसार, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि अभियानमा साथ दिने आश्वासन दिएका छन् ।
“नागरिक उन्मुक्ति, सीके राउत, अशोक राईजीहरूको पार्टीतर्फबाट हस्ताक्षर भइसकेको छ,” खतिवडाले बताए, “उपेन्द्र यादवले पनि आफूहरूको समर्थन रहने आश्वासन दिनुभएको छ ।”
यादव नेतृत्वको जसपा नेपाल विपक्षी दल भएकाले यो अभियानलाई उपसभामुख इन्दिरा रानामगरमाथि महाभियोग लगाउने तयारीका रूपमा हेरिएको छ ।



















प्रतिक्रिया