२१ माघ २०८२, बुधबार | February 4, 2026

पेडारी नालाको सास्ती बैशाख भित्र समाधान हुने, १८०० मिटर सडक बन्ने कहिले ?



खजुरा । हरेक वर्ष नालाको बहाव सडकमाथि आएर घण्टौं अवरुद्ध हुँदै आएको बाँकेको खजुरारोड स्थित पेडारीनालामा चारलेनको पुल बन्ने भएको छ । २०८३ को बैशाख अगावै पुल निर्माण हुने गरि ठेक्का सम्झौता भएसँगै वषौंदेखि सो सडक प्रयोगकर्ताले भोग्दै आएको समस्या समाधा हुने भएको छ ।

नेपालगन्ज–गुलरिया सडक खण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका–३, खजुरा बजार क्षेत्रमा पर्ने पेडारी नालामा चारलेनको पुल निर्माणका लागि ठेक्का सम्झौता भइसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जले जनाएको छ ।

वर्षातको समयमा नालाको पानी सडक भएर बग्ने र घण्टौं सडक अवरुद्ध हुने गरेपछि सो स्थानमा पुल निर्माण थालिएको योजना कार्यालय नेपालगन्जका योजना प्रमुख लिलाबहादुर भण्डारीले बताए । वर्षातको समय सकिनासाथ निर्माण कार्य सुरु भई वैशाखभित्र पुल निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता सम्पन्न भइसकेको भण्डारीले जानकारी दिए ।

उनका अनुसार पेडारी नाला पुल निर्माणका लागि २०८३ बैशाख १८ गते सम्म सम्पन्न गर्नेगरि नारायणम निर्माण सेवासँग २०८२ जेठ १९ गते सम्झौता भएको हो । भ्याटसहित आठ करोड ९६ लाख रुपियाँमा काम गर्नेगरि नारायणम निर्माण सेवासँग ठेक्का सम्झौता भएको भण्डारीले बताए ।

नयाँ निर्माण गर्न लागिएको पुल २२ मिटर चौडाई र ३४.४ मिटर लम्बाई हुनेछ । यसैगरी पुलको दुबैतर्फ एकतर्फ ८० मिटर र अर्कोतर्फ १०० मिटर एप्रोच सडक पनि निर्माण गरिने छ ।

नेपालगन्जदेखि बर्दियाको सदरमुकाम गुलरीया जोड्ने मुख्यसडक अन्तर्गत पेडारी नालाको पुल अत्यन्त जीर्ण र होचो भएका कारण नालामा पानीको सहत बढ्नासाथ पानी सडक भएर बगेर यात्रुहरुलाई सास्ती दिनेगरेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले बताए ।

ठेकेदारले अलपत्र पारेको १८०० मिटर अझै अन्यौलमा
सोही सडक खण्डको खजुरा बजार क्षेत्रको १८०० मिटर सडक भने अझै अन्यौल अवस्थामा रहेको छ । गजुरमुखी निर्माण सेवाले गुणस्तरहिन सडक बनाएर अलपत्र पारेको सो सडक खण्डको १८०० मिटर सडकको स्तरउन्नतीका लागि अघिल्लो वर्षबाटै पहल गरिएपनि हुलाकी सडक निर्देशनालयले निर्णय अड्काइदिएपछि सडक निर्माण अन्यौल बनेको हो ।

यस क्षेत्रका संघीय सांसद, स्थानीय जनप्रतिनिधिको सिफारिस सहित हुलाकी सडक निर्देशनालयको योजना कार्यालय नेपालगन्जबाट फायल पेश भएपनि निर्देशनालयले फायल सदर नगरिदिँदा सडक निर्माण अन्यौलमा परेको हो । निर्देशनालयबाट स्वीकृत भएसँगै सडक निर्माण प्रक्रिया अगाडि बढाउन सकिने योजना कार्यालय प्रमुख भण्डारीले बताए ।

हुलाकी सडककै मापदण्डमा सडक निर्माणको योजना परेपनि २०७४ सालमा ठेक्का लाग्नेबेला स्वार्थीसमुहको योजनामा सडकलाई १२ मिटर मादण्डमा खुम्चाइएको थियो । १८०० मिटर दायाँ र बाँया चिल्लो सडकमा सवारी साधन हुँइकिँदा खजुरा बजार खण्डको सढक भने खण्डहर बनेको छ ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  २ : ५५ बजे

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौं । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु