७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बुटवलमा सम्पन्न २० औँ मिस, मिसेस एण्ड थर्ड जेन्डर तीज २०८२, मिना न्यौपाने, चाँदनी श्रेष्ठ र सोम्या महत्तो विजेता



बुटवल । इन्जोय लेडिज एण्ड जेन्स लाङ्घाली ब्यूटी पार्लरको आयोजनामा २० औँ संस्करणको मिस, मिसेस एण्ड थर्ड जेन्डर तीज २०८२ बुटवलमा सम्पन्न भएको छ । बुटवल उद्योग वाणिज्य संघको सभाहलमा भएको फाइनल प्रतिस्पर्धामा मिसतर्फ मिना न्यौपाने, मिसेसतर्फ चाँदनी श्रेष्ठ र तेस्रोलिङ्गीतर्फ सोम्या महत्तो विजेता बनेका छन् ।

यसैगरी प्रतिज्ञा न्यौपाने फर्स्ट रनरअप, दिलमाया थिङ लामा सेकेन्ड रनरअप र आयाङ्का परियार थर्ड रनरअप बने । प्रतियोगितामा प्रविना खत्री अर्गनाइजर च्वाइस र इन्दिरादेवी सारु मगर भ्यूअर च्वाइस उपाधि जित्न सफल भए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका-६ का वडाअध्यक्ष लोकनाथ न्यौपानेले हरितालिका तीजलाई सिर्जनात्मक रुपमा मनाउँदै निरन्तर २० औँ संस्करणसम्म ल्याउनु प्रशंसनीय रहेको उल्लेख गरे ।

प्रतियोगितामा भूमिका श्रेष्ठ, रिमा बीसी र प्रियंका थापा निर्णायकको भूमिकामा रहे । दर खाने कार्यक्रमसहित सम्पन्न प्रतियोगितामा संस्थाका अध्यक्ष रोखा थापा र अन्य अतिथिहरूले विजेतालाई पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  ३ : ०३ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट