काठमाडौं । विपक्षी दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कांग्रेस र एमालेको प्रयासलाई असफल पार्ने निर्णय गरेका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को आह्वानमा मंगलबार बसेको विपक्षी दलहरूको बैठकले उपसभामुख मगरलाई हटाउने कांग्रेस र एमालेको प्रयासलाई असफल पार्ने निर्णय गरेको हो ।
बैठकले उपसभामुख हटाउन चालेको कदमको घोर भर्त्सना गरेको छ । यस्तो प्रतिगामी कदमलाई असफल पार्न सम्बन्धित सबैलाई आह्वान गर्ने निर्णय बैठकपछि माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए । सत्तारूढ दलहरूले संवैधानिक परिषद् कब्जा गर्ने उद्देश्यले उपसभामुखलाई पदच्युत गर्न खोजेको भन्दै यसको कडा प्रतिवाद गरिने उनले प्रष्ट पारे ।
विपक्षी दलहरूले सत्तापक्षको यो प्रयास लोकतान्त्रिक मूल्य–मान्यताको अपमान भएको भन्दै यसलाई असफल पार्न संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।


















प्रतिक्रिया