काठमाडौं । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा मड्रिडले ओसासुनालाई १-० गोलले पराजित गरेको हो ।
रियल मड्रिडका लागि नयाँ खेलाडी केलियन एम्बाप्पेले ५१ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै निर्णायक जित दिलाए ।
यो जितसँगै रियल मड्रिडले पहिलो खेलबाट ३ अंक जोडेको छ भने ओसासुनाले पराजयसँगै सिजनको खराब सुरुवात गरेको छ । खेलको इन्जुरी समयको चौथो मिनेटमा ओसासुनाका अबेल ब्रेटोनस रातो कार्ड खाँदै मैदान बाहिरिए ।
यससँगै ला लिगाको नयाँ सिजनमा सहभागी २० टोलीले पहिलो चरणका खेल पूरा गरेका छन् ।


















प्रतिक्रिया