१५ भदौ २०८३, सोमबार | August 31, 2026

उपसभामुखले पाएको सम्मानभन्दा तपाईंहरु माथि पुग्न सक्नुहुन्न : रास्वपा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा राना मगरमाथि भएको आक्रमणप्रति कडा आपत्ति जनाएको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानामगरलाई हटाउने प्रयासप्रति आपत्ति जनाउँदै कांग्रेस र एमालेमाथि नयाँ पुस्तालाई निषेध गर्न खोजेको आरोप लगाए।

उनले भने, “उहाँले पाउनुभएको सम्मानभन्दा माथि तपाईंहरू जति उफ्रे पनि पुग्न सक्नुहुन्न। विवेकलाई बन्दी नबनाऔँ, सांसद स्वयं सार्वभौम हो। सांसदको विवेकलाई हस्ताक्षरमा परिणत गरेर राजनीतिक स्वार्थ पूर्ति गर्ने अभ्यास नगरीयोस्।”

उनले उपसभामुख विरुद्ध मंगलबार बालुवाटार र सिंहदरबारमा भएको प्रहसनले सदनलाई चोट पुर्‍याएको उनले बताए ।

परियारले आफूहरूलाई कमजोर देखाउने प्रयास भए पनि निषेध गर्न नसकिने स्पष्ट पारे।

 

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  १ : ४९ बजे

एसिसी प्रिमियर कप : नेपालले आज बहराइनविरुद्ध खेल्दै

काठमाडौं । तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा आफ्नो पहिलो

भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन । रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै