काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा राना मगरमाथि भएको आक्रमणप्रति कडा आपत्ति जनाएको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानामगरलाई हटाउने प्रयासप्रति आपत्ति जनाउँदै कांग्रेस र एमालेमाथि नयाँ पुस्तालाई निषेध गर्न खोजेको आरोप लगाए।
उनले भने, “उहाँले पाउनुभएको सम्मानभन्दा माथि तपाईंहरू जति उफ्रे पनि पुग्न सक्नुहुन्न। विवेकलाई बन्दी नबनाऔँ, सांसद स्वयं सार्वभौम हो। सांसदको विवेकलाई हस्ताक्षरमा परिणत गरेर राजनीतिक स्वार्थ पूर्ति गर्ने अभ्यास नगरीयोस्।”
उनले उपसभामुख विरुद्ध मंगलबार बालुवाटार र सिंहदरबारमा भएको प्रहसनले सदनलाई चोट पुर्याएको उनले बताए ।
परियारले आफूहरूलाई कमजोर देखाउने प्रयास भए पनि निषेध गर्न नसकिने स्पष्ट पारे।


















प्रतिक्रिया