१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

आफुसँग बहुमत छ भनेर जे पनि निर्णय गर्न मिल्दैन : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रजातन्त्रमा बहुमत भए पनि हरेक निर्णय सोचविचारपूर्वक गर्नुपर्नेमा जोड दिएका छन्।

बुधबार प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन कार्यक्रममा बोल्दै उनले संख्याका आधारमा गरिएको निर्णय कानूनी रूपमा वैधानिक भए पनि त्यस्ता निर्णयलाई जनताले स्वीकार्छन् वा स्वीकार्दैनन् भन्ने पक्ष महत्त्वपूर्ण हुने बताए।

उनले भने, “हामी चुनाव जित्छौं, मत पाउँछौं, सरकार बनाउँछौं। प्रजातन्त्रमा संख्याका आधारमा निर्णय गर्ने अधिकार हुन्छ। तर मसँग संख्या छ भनेर जे पनि गर्न पाइँदैन। संख्याले वैधानिकता दिन्छ, तर जनताको स्वीकृतिबाट मात्र त्यो वैध हुन्छ।”

थापाले प्रजातन्त्र चलाउनका लागि निर्णय वैधानिक मात्र नभई वैध पनि हुनुपर्ने स्पष्ट पारे। “निर्णयलाई आमनागरिकले स्वीकार्छन् कि स्वीकार्दैनन् भन्ने बुझ्न आवश्यक छ,” उनले जोड दिए।

उनले कांग्रेसले विगतमा गरेका निर्णय वैधानिक मात्र नभई वैध पनि रहेको दाबी गरे।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ३ : ३६ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज