१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

पाकिस्तानमा मनसुनी वर्षाका कारण २० जनाको मृत्यु



कराची । पाकिस्तानमा मनसुनी वर्षाका कारण बुधबार २० जनाभन्दा बढीको मृत्यु भएको जनाइएको छ । जहाँ गत हप्ता मात्र वर्षाले सिङ्गो गाउँ बगाउदा ४०० भन्दा बढीको मृत्यु भएको थियो ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण ९एनडिएमए० का अनुसार गिलगिट-बाल्टिस्तानको उत्तरी क्षेत्रमा ११ जना र कराचीमा १० जनाको बाढीका कारण मृत्यु भएको छ ।

मौसम विभागले शनिबार सम्म थप वर्षाको पूर्वानुमान गरेको छ भने प्रभावित सहरमा विद्यालयहरू बन्द रहेका छन् । सिन्ध प्रान्तका प्रमुख मौसमविद् अमिर हैदर लघारीले बाढीको प्रमुख कारण कमजोर पूर्वाधार भएको बताएका छन ।

दुई जिल्लामा बर्षाका कारण ४० देखि ५० वटा घरहरू क्षतिग्रस्त भएको प्रान्तीय विपद् अधिकारी मुहम्मद युनसले बताएका छन । गत बिहीबार देखि अफगानिस्तानको सिमानामा रहेको पाहाडी उत्तरी प्रान्त खैबर पख्तुनख्वामा ३५० जना भन्दा बढीको मृत्यु भएको छ ।

अधिकारीहरु तथा सेनाले पहिरो र भारी वर्षाले प्रभावित गाउँहरूमा दर्जनौँ बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको जनाएका छन् । राहत शिविरहरू स्थापना गरी चिकित्सा सहायताका साथै सुक्खा राशन पनि दिइरहेका सेनाका कर्नल इरफान अफ्रिदीलाई उदृत गर्दै एएफपीले जनाएको छ । यसै बीच अधिकारीहरूले सेप्टेम्बरको मध्य सम्म मनसुनी वर्षा जारी रहने चेतावनी दिएका छन् ।

अधिकारीहरूका अनुसार यस वर्षाको सिजन सुरु भएदेखि बर्षाका कारण करिब ७५० जनाको मृत्यु भइसकेको छ । मनसुन बाढीले सन् २०२२ मा पाकिस्तानको एक तिहाइ भाग डुबाएको थियो, जसको परिणामस्वरूप लगभग १,७०० जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ५ : १६ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ