१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

पाकिस्तानमा बाढीको कहरः अन्तर्राष्ट्रिय सहयोगका लागि सरकारको अपिल



इस्लामाबाद । बाढीले देशैभर विनाश गरेपछि पाकिस्तानले थप अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।

अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्सलगायतका देशले इस्लामाबादलाई सहयोग गरेका छन् । तर, बाढीग्रस्त पाकिस्तानलाई अझै धेरै सहयोग आवश्यक परेको गृह मन्त्रालयले जनाएको छ । बाढीका कारण १ हजार भन्दा बढी मानिस विस्थापित भएको मन्त्रालयका अधिकारी सलमान सुफीले बीबीसीलाई बताए ।

पाकिस्तानको सरकारले जनतालाई मद्दत गर्न सम्भाव्य सबै कदम चालेको उनले बताए । देशको उत्तर-पश्चिममा, खैबर पख्तुनख्वा प्रान्तमा नदीको प्रवाह बढेपछि जारौं मानिस विस्थापित भएका छन् ।

‘हामीले वर्षौंको मिहिनेतले बनाएको घर हाम्रो आँखा अगाडि डुब्न थाल्यो’ २३ वर्षीय जुनैद खानले एएफपीलाई भने ‘हामी सडकको छेउमा बसेर घर डुबिरहेको हेर्योँ ।’ देशको दक्षिण-पूर्वी सिन्ध प्रान्त पनि नराम्ररी प्रभावित भएको छ । हजारौं आफ्नो घरबाट विस्थापित भएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ११ : २६ बजे

राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल

सामान्य सवारीका बीच राष्ट्रपति पौडेल पुगे संसद भवन

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र

दश महिनामा ६० प्रतिशत बजेट खर्च

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च

भारतमा आँधीका कारण १४ जनाको मृत्यु

नयाँदिल्ली भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी