२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बुटवलमा थप १९ वटा हाईमास्ट लाईट जडान हुँदै, डिजिटल डिस्प्लेबाट राजस्व संकलन



बुटवल । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा थप १९ वटा हाईमास्ट लाईट जडान गर्ने भएको छ । उज्यालो बुटवल बनाउने लक्ष्यका साथ १९ वटै वडामा चालु आर्थिक वर्षमा मुख्य स्थाहरुमा हाईमास्ट लाईट जडानको काम सुरु भएको हो ।

बुटवल वडा नं. ७ शिवनगरमा रहेको दुर्गा मन्दिर चोकमा हाईमास्ट लाईटको उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुधबार शिलान्यास गर्दै यो वर्ष १९ वटा हाईमास्ट लाईट जडान गरिने जानकारी दिए । उज्यालो बुटवलको कार्यक्रमले रातीको समयमा हुने चोरी नियन्त्रणमा मद्धत पुगेको उनले बताए ।

अब जोडिने हाईमास्ट लाईटमा डिजिटल डिस्प्ले जडान हुने बताउँदै उनले त्यसमा नगरको सुचना प्रवाहसँगै विज्ञापनको लागि टेण्डर गरिने र त्यसबापत प्राप्त हुने राजश्वबाट विद्युतको महशुल भुक्तानी गरिने जानकारी दिए । बुटवल वडा नं. ७ मा ३ ओटा हाईमास्ट लाइट जडान गरिने उनले बताए । नगर प्रमुख पाण्डेयका अनुसार दुर्गा मन्दिर चोक, चमचम चोकमा १० १० मिटर र हिलपार्कको चोकमा १६ मिटरको हाईमास्ट लाईट जडान गरिने छ ।

विज्ञापन डिस्प्लेसहितको १९ वटा हाईमाक्स जडान गर्नको लागि उपमहानगरपालिकाले आन्तरिक श्रोतबाट २ करोड ६४ लाख ३४ हजार बजेट छुट्टाएको बुटवल उपमहानगरपालिका भवन निर्माण महाशाखा प्रमुख सुमन श्रेष्ठले बताए । उपमहानगरपालिकाले २ करोड ५४ लाख ४७ हजारमा त्रिसन्ध्या मार्क जेभीसँग मंसिरमा काम सक्ने गरी ठेक्का सम्झौंता भएको महाशाखा प्रमुख श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ६ : ३८ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको