५ भदौ २०८३, शुक्रबार | August 22, 2026

रवि लामिछानेलाई भेटेपछि प्रचण्डले भने, ‘उहाँ निकै दुब्लाउनु भएछ’



पाटन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटगर्न नख्खु कारागार पुगेका छन् ।

अध्यक्ष प्रचण्डले लामिछानेसँग भेटगरी कारागारको बसाइका बारेमा जानकारी लिनुका साथै बसाइमा भएको असहजता र सहजताका विषयमासमेत चासो राखेको प्रचण्डको सचिवालय सदस्य दिपक भण्डारीले जानकारी दिए ।

रविलाई भेटेर फर्कनेक्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रचण्डले थुनामा रहेका पूर्वगृहमन्त्री लामिछानेले भैरहवा कारागारकोभन्दा नख्खुमा धेरै राम्रो सेवासुविधा भएको भन्दै आफुसँग कारागार प्रशासनको प्रशंसा गरेको बताए ।

लामिछानेलाई नख्खु कारागार पुगेर भेट्ने क्रममा उनले रविको अनुहार निकै कमजोर देखिएको समेत बताए । भैरहवा कारगार बसाईका क्रममा रवि दुब्लाएको आफुले महशुस गरेको बताउँदै प्रचण्डले भने, अनुहारमै देखिन्छ, कमजोर भएको ।’

प्रचण्डका अनुसार, रविले भैरहवा कारागारको तुलनामा नख्खुमा धेरै राम्रो भएको आफूलाई सुनाएको पनि बताए ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ७ : ४६ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको