७ चैत्र २०८२, शनिबार | March 21, 2026

अहिले एमाले भनेको एउटा ब्रान्डजस्तो भएको छ, खासमा नेकपा हो, नेपाल कम्युनिस्ट पार्टी : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति भण्डारीले गरिन् आफ्नै सम्पर्क कार्यालय उदघाटन्



काठमाडौं । नेकपा एमालेमा पुनः फर्केर राजनीतिमा प्रवेश गरेको घोषणा गरेकी पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी आफ्नो सम्पर्क कार्यालय पुगेकी छिन् ।

थापागाउँ, नयाँ बानेश्वरस्थित सम्पर्क कार्यालय उदघाटन गर्न उनी यहाँ आइपुगेकी हुन् । उनले आज आफ्नो सम्पर्क कार्यालय उदघाटन गरेकी छन् ।

मदन भण्डारी ७५ औं जन्म जयन्ती मुल ब्यवस्थापनको कार्यालय, नामक संस्थाको कार्यालय सञ्चालनमा ल्याइएको हो । बानेश्वर, थापागाउँस्थित मण्डला नाट्यघर नजिक भण्डारीको सो कार्यालय आजबाट औपचारिकरुपमा सञ्चालनमा आएको हो ।

उदघाटनसभामा बोल्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको जन्म हुनुभन्दा धेरै अघिदेखि आफू कम्युनिष्ट आन्दोलनमा सहभागी भएको बताएकी छिन् ।

आफु राजनीतिक दलसँग आबद्ध भएर, राजनीति सुरु गर्दा नेकपा एमाले भन्ने पार्टी नजन्मिसकेको उल्लेख गर्दै भण्डारीले भनिन्, ‘म भोजपुरमा जन्मिएको मान्छे, धनकुटामा रातो झण्डा ग्रुप भन्ने थियो । हामी त्यसको सम्पर्कमा थियौं । विस्तारै कोअर्डिनेशन केन्द्र जन्मियो । त्यो हुँदै माले भयो । माले स्थापनाको पहिलो सन्देश छर्ने काम हामीले भोजपुरमा गरेका थियौं ।’

उनले अहिले एमालेले के न हो भन्ने परिरहेको भन्दै ब्राण्डजस्तै बनाउन खोजिएको पनि बताइन् । माले र मार्क्सवादीको बीचमा एकता भएको हुनाले एकीकृत मार्क्सवादी लेनिनवादी (एमाले) बनेको भण्डारीको भनाइ छ ।

‘अहिले एमाले भनेको एउटा ब्रान्डजस्तो भएको छ । खासमा नेकपा हो । नेपाल कम्युनिस्ट पार्टी ।’ उनले भनिन् ।

प्रकाशित मिति : ५ भदौ २०८२, बिहिबार  ३ : ५६ बजे

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम