१६ बैशाख २०८३, बुधबार | April 30, 2026

अकबरे खुर्सानीमा रोगको उच्च जोखिम : किसान समस्यामा



भोजपुर । अकबरे खुर्सानीमा रोगको जोखिम बढेसँगै यहाँका किसान समस्यामा परेका छन् । फलमा डढुवा लाग्ने, किरा लाग्ने, बोटमै सुक्ने, फल झर्नेलगायतका रोग देखिँदा किसानको श्रम र लगानी जोखिममा परेको हो ।

लटरम्म फल लागेका बोटमा रोग देखिएपछि धेरै किसान खुर्सानी उखालेर फाल्न बाध्य भएका छन् । करिब दुई रोपनीमा लगाएको खुर्सानी रोगले नष्ट गरेपछि अन्य बाली लगाउनु परेको भोजपुर नगरपालिका-५ का किसान धनबहादुर थापाले बताए ।

“यस वर्ष खुर्सानीमा रोगको जोखिम बढेको छ” उनले भने, “एउटै बोटमा एकैसाथ धेरै खालका रोग देखिएपछि हामी किसान चिन्तामा परेका छौँ । फल लागेको खुर्सानी डाँठ कुहिएर मरेपछि बगान सखाप भयो, अब अन्य बाली लगाउन थालेको छु ।”

थापाजस्तै व्यावसायिक रूपमा खेती गरिरहेका गाउँका अन्य किसानले पनि यस्तै समस्या भोगिरहेका छन् । स्थानीय कृषक गीता विष्टकाअनुसार खुर्सानीमा फलमा डढुवा लाग्ने, किरा लाग्ने, पात कुप्रो हुने, डाँठ कुहिने र बोट पहेँलो हुने समस्या देखिएको छ ।

“खुर्सानीमा रोग देखिएको कारण हामी किसान समस्यामा परेका छौँ” उनले भने, “बारीमा भएका प्रायःसबै बोटमा रोग लागेको छ । बजार लैजाने अवस्थाको खुर्सानीमा रोग देखिएपछि बगान नै सखाप भएको छ । फल डढुवा लाग्ने रोगले सबैभन्दा बढी क्षति गरेको छ ।”

रोगले क्षति पुगेको खुर्सानी किसानले उखालेर नष्ट गर्न थालेका छन् । एउटा बोटमा देखिएको रोग केही दिनमै अन्य बोटमा फैलिने गरेको किसानको अनुभव छ । करिब एक हजार ५०० बोट खुर्सानी लगाएकोमा आधाभन्दा जसो बोट रोगले पूर्ण रूपमा नष्ट भएको कृषक विष्टले बताए ।

पछिल्लो समय जिल्लामा व्यावसायिक रुपमा खुर्सानी खेती गर्ने किसानको सङ्ख्या बढिरहेको छ । तर, रोग-किराको जोखिमले यस वर्ष उत्पादन घट्ने अवस्था रहेको किसानको अनुमान छ ।

प्रकाशित मिति : ७ भदौ २०८२, शनिबार  ७ : ४७ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात