५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

पर्सामा खेतबाट ५४ किलो चरेस बरामद



पर्सा । पर्साको पटेर्वा सुगौली गाउँपालिका-५ देउरिया क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस बरामद भएको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायब निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको ११ जनाको टोलीले बिहीबार दिउँसो देउरिया क्षेत्रमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा शंकास्पद देखिएका घरमा केही नभेटिए पनि फर्कने क्रममा ४६ वर्षीय रामायण चौधरीको धान खेतभित्र लुकाइराखिएको अवस्थामा चरेस फेला परेको पर्सा प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली ल्याएर तौल गर्दा ५४ किलो ४०० ग्राम चरेस भएको पाइएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। बरामद चरेससम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बरामद स्थल प्रहरी चौकीबाट करिब सात किलोमिटर पश्चिम(दक्षिणतर्फ पर्छ। धान खेतमा चरेस कसले राख्यो भन्नेबारे अनुसन्धान भइरहेको मिश्रले बताए।

 

प्रकाशित मिति : ७ भदौ २०८२, शनिबार  ८ : ४४ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही