१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

छैठौं शुभकामना भेट्रान्स दौड : ७० वर्ष माथिका जेष्ठ नागरिक प्रतियोगी



काठमाडौं । बुद्धवीर लामा चौंधौं गितिमय सांगितिक साँझको तयारी सहित छैठौं शुभकामना भेट्रान्स दौड प्रतियोगिता सम्पन्न भएको छ । शनिवार त्रिपुरेश्वर स्थित दशरथ रंगशालाबाट शुरु भएको दौड सुन्धारा, रत्नपार्क, जमल, केशरमहल, दरबारमार्ग, सहिदगेट हुँदै पुनः रंगशालामा आएर समाप्त भएको थियो ।

बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्च नेपालको संयुक्त आयोजनामा सम्पन्न दौडमा ५० वर्ष माथि पुरुष तर्फ जापानका धावक मिजुकी मात्सुजुकी प्रथम, नेपालका राजेश महर्जन दोस्रो तथा रामकुमार रायमाझी तेस्रो हुन सफल भएका थिए । यस्तै ३५ वर्ष माथि पुरुष तर्फ दिेनेश महर्जन पहिलो, सुनिल महर्जन दोस्रो र नवराज कार्कीले तेस्रो स्थान हासिल गरे । खुल्ला पुरुष तर्फ आयुष चाम्लिङ, सुनज विक र अभिनारायण अधिकारी क्रमश पहिलो, दोश्रो र तेस्रो भए ।

यसैगरी ३५ वर्ष माथि उमेर समुहकै महिला तर्फ कल्पना महर्जन पहिलो, चारु अर्याल दोस्रो र उर्मिला शाक्यले तेस्रो स्थान हासिल गरेका छन् । ६५ वर्ष माथि पुरुष तर्फ जापानी खेलाडी नोरी हिकोवातान्ने पहिलो र नेपालका पुष्पलाल श्रेष्ठ दोस्रो हुन सफल भए । यस्तै ७० वर्ष माथि उमेर समुहको पुरुष तर्फकै प्रतिष्पर्धामा मंगलदास तण्डुकार र गजेन्द्र लाल प्रधानले क्रमश पहिलो र दोस्रो स्थान हासिल गर्न सफल भएका थिए ।

विजयी खेलाडिहरुलाई प्रमुख अतिथि किर्तिमानी धावक बैकुण्ठ मानन्धर र विशेष अतिथि बुद्धवीर लामाले पुरस्कार प्रदान गरे । प्रतियोगितामा १३० खेलाडिहरुले सहभागीता जनाएका थिए ।

प्रकाशित मिति : ७ भदौ २०८२, शनिबार  १० : ०५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा