२० भदौ २०८३, शनिबार | September 5, 2026

बाँकेमा महिला पत्रकारहरुले मनाए तीज



नेपालगन्ज । ‘मनाऔँ तीज रमेर–जोगाऔँ संस्कृति जमेर’ भन्ने नाराका साथ पत्रकार महासंघ बाँकेको महिला विभागले तीज मिलन कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ बाँकेको महिला बिभागले हरितालिका तीजको अवसरमा तीज मिलन कार्यक्रम गरेको हो ।

विभागका संयोजक करुणा शाहको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले तीज पर्व नेपाली महिलाहरूको मौलिक पर्व भएको बताए । उनले तीज पर्व मनाउने मौलिकपन हराउँदै गइरहेको अवस्थामा पत्रकारहरूले सचेत पार्नुपर्ने आवश्यकता समेत औँल्याए । चौलागाईले मौलिक तीज गीत गाएर कार्यक्रमको उद्घाटन गरेका थिए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पछिल्लो समय तीज पर्व खर्चिलो र भड्किलो हुँदै गइरहेको भन्दै पत्रकारहरू गम्भीर बन्न आवश्यक रहेको बताए । उनले समय र परिस्थिति बदलिए पनि तीजको मौलिकतालाई कायमै राख्नुपर्नेमा पत्रकारहरूले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष नीरजकुमार गौतमले सधैँभरी काममा खटिने पत्रकार महिलाहरूले तीजलाई उत्सवका रूपमा मनाउने वातावरण निर्माण गरिदिएकोप्रति महासंघलाई धन्यवाद दिए । महासंघका अर्का पूर्वअध्यक्ष रुद्र सुवेदीले तीजको मौलिकता जोगाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारीका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, क्रियाशील महिला पत्रकारका अध्यक्ष सावित्री गिरी, सञ्चारिका अध्यक्ष पवित्रा परियार लगायतले शुभकामना दिएका थिए । महिला विभाग सदस्य आशा विकले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्की सदस्य धना विष्ट केसीले गरेकी थिइन् ।

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  ९ : १५ बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार