१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

इंग्लिस प्रिमियर लिग : ब्राइटनविरुद्ध एभर्टनको जित



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले पहिलो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा ब्राइटनलाई २-० गोलले हराउँदै एभर्टन विजयी भएको हो ।

एभर्टनका लागि इलिमान नडियाये र जेम्स गार्नरले एक-एक गोल गरेका थिए । इलिमानले खेलको २३औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै ५२औँ मिनेटमा गार्नरले गरेको गोलसँगै एभर्टनले २-० गोलको जित निकालेको हो ।

यो जितसँगै दुई खेलबाट ३ अंक जोडेको एभर्टन अंक तालिकाको आठौँ स्थानमा छ । पराजित भएको ब्राइटन १ अंकसहित १८औँ स्थानमा छ । यस्तै, गएराति नै भएका अन्य खेलमा म्यानचेस्टर युनाइटेड र फुलहम तथा क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्टले १-१ गोलको बराबरी खेलेका छन् ।

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  ८ : १४ बजे

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको