१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान



गोरखा । गोरखाका पशुपालक किसानलाई दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान उपलब्ध गराइने भएको छ ।

भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाले उत्पादनका आधारमा किसानलाई प्रति लिटर रु ५ अनुदान उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा अनन्त कोइरालाले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि दूधमा अनुदान उपलब्ध गराउन रु १५ लाख बजेट विनियोजन गरेको छ । ‘‘जिल्लालाई दूधमा आत्मानिर्भर बनाउन किसानलाई प्रोत्साहन गर्दै जाने उद्देश्यसहित नगद अनुदान कार्यक्रम सञ्चालन गरिएको हो, प्रमुख कोइरालाले भने, ‘‘यसले किसानलाई थप सहयोग पुग्नेछ ।’’

कार्यक्रमले किसानलाई पशुपालनतर्फ आर्कषित गर्न मद्दत पुग्ने उनको भनाइ छ । ‘‘केन्द्रमा सहकारी संस्थालाई सूचीकृत गरेर सूचीकृत भएका सहकारी संस्थामार्फत उत्पादित दूध बिक्री गर्ने कार्यविधि छ, प्रमुख कोइरालाले भन ‘‘थोरै दूध उत्पादन गर्ने किसानले पनि सङ्गठित रुपमा काम गर्न सकोस् भन्ने उद्देश्यसहित सहकारीमार्फत काम गराउने व्यवस्था गरिएको हो ।’’

सहकारीमार्फत सङ्कलन र बिक्रीको व्यवस्था गर्दा साना किसानले पनि घरघरमा उत्पादित दूध बजारसम्म पु¥याउन सक्ने र अनुदान कार्यक्रमबाट लाभ लिनसक्ने उनले बताए। गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँँपालिकामा दूध उत्पादन राम्रो हुने गरेको पाइन्छ । केन्द्रले पशुपक्षी तथा मत्स्य व्यवसाय प्रवद्र्धन कार्यक्रम अन्तर्गत दूध उत्पादनमा अनुदान कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रम अन्तर्गत यसवर्ष जिल्लामा तीन लाख लिटर दूधलाई अनुदान दिन सकिने केन्द्रले जनाएको छ । त्यस्तै सूचीकृत भएका सहकारी संस्थाले न्यूनतम दुई सय लिटर दूध सङ्कलन तथा बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ । ‘केन्द्रले सहकारीमार्फत किसानलाई नगद अनुदान उपलब्ध गराउने हो ।’’ उनले भने ।

 

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  ९ : ५९ बजे

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि

जेनजी घाइतेको विवरण सार्वजनिक

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न

बैठक जारी रहेकैबेला जलजला दुर्घटनामा २० जनाको ज्यान गएपछि शोक मनाएर बैठक स्थगन

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वको जारी बैठक जिप दुर्घटनामा

रोल्पा दुर्घटनामा मृतकको सनाखत (नामावली सहित)

रूकुमकोट । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म