२६ बैशाख २०८३, शनिबार | May 10, 2026

तीजको दर – स्वाद, संस्कार र शक्ति सञ्चयको अनुपम संगम



काठमाडौं । हरितालिका तीज भन्नासाथ नेपाली नारीहरूको मनमा झल्किने चित्र हो-नाचगान, निराहार व्रत र दर खाने परम्परा । तीजको सुरु नै दर खाने दिनबाट हुन्छ । दर केवल भोजन मात्र होइन, यो संस्कारको निरन्तरता, संस्कृतिको अभिव्यक्ति र शक्ति सञ्चयको माध्यम हो ।

तीजको अघिल्लो दिन मनाइने दर खाने दिनलाई पर्वको आत्मा मानिन्छ । विवाहित महिलाले पतिको दीर्घायु र पारिवारिक सुख-शान्तिका लागि, अविवाहित महिलाले सुयोग्य पतिको कामनाका लागि भोलिपल्ट निराहार व्रत बस्ने भएकाले दर खाने दिनलाई शारीरिक र आध्यात्मिक तयारीको अवसर मानिन्छ ।

परम्परागत मान्यताअनुसार, दर खाने चलन देवी पार्वतीको कथासँग गहिरो रूपमा जोडिएको छ । धार्मिक विश्वासअनुसार, पार्वतीले भगवान् शिवलाई पतिको रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन् । उनले निराहार व्रत बसेर शिवलाई प्रसन्न पारेकी थिइन् । त्यसै प्रसंगको निरन्तरता आजसम्म नेपाली नारीहरूले दर खाएर भोलिपल्ट निराहार व्रत बस्ने चलनलाई जीवित राखेका छन् ।

परिकारको विविधता

परम्परागत दरमा खिर, गुँदपाक, ढकनी, घिउ, दही, दूध, हलुवा, मिठाई र सेलरोटी अपरिहार्य मानिन्छन् । कतिपय ठाउँमा गुन्द्रुक अचार, मासु तथा स्थानीय विशेष परिकार पनि जोडिन्छन् । सहरी जीवनशैलीले भने दरलाई नयाँ आयाम दिएको छ । पास्ता, मोमो, पिज्जा, केक र जुससम्म दरको थालमा देखिन थालेका छन् । तर, संस्कृतिको दृष्टिले खिर र सेलरोटीबिनाको दर अझै अधुरो मानिन्छ ।

सामाजिकता र आत्मीयताको उत्सव

दर खाने परम्परा केवल पेट भर्ने संस्कार होइनस यो नारीबीच आत्मीयता, सामाजिकता र सहकार्य बढाउने अद्भुत अवसर हो । दर खाँदै गर्दा परिवार, साथी र आफन्तबीच भेटघाट, रमाइलो र सांस्कृतिक सम्बन्धलाई बलियो बनाइन्छ । “भोलिपल्ट पानीसम्म नखाई बस्ने भएकाले दरलाई शक्ति सञ्चयको स्रोत मानिन्छ,” भन्ने भनाइ अझै पनि मौलिक अर्थ बोकेको छ ।

समयसँगै बदलिएको शैली

पहिले दर केवल तीज अघिको रात मात्र मनाइन्थ्यो । तर आज राजधानीसहित सहरी क्षेत्रमा एक महिनाअघि नै दर पार्टीको श्रृंखला सुरु हुन्छ । परिकार फरक भए पनि दर खाने आत्मा भने उस्तै छ-आत्मीयता र संस्कार ।

तीजको दर नेपाली नारी जीवनमा स्वाद र संस्कृतिको मात्र संगम होइन, शक्ति, सहकार्य र परम्पराको अनन्त निरन्तरता पनि हो ।

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  १० : ४१ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु