१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

इन्डोनेसिया, अमेरिका र सहयोगी राष्ट्रद्वारा संयुक्त सैन्य अभ्यास सुरु



जाकर्ता । इन्डोनेसिया र संयुक्त राज्य अमेरिकाले सोमबार संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । अभ्यास एक हप्ताभन्दा बढी समयसम्म चल्नेछ । अभ्यासमा ११ देशका सहयोगीहरू पनि सहभागी छन् । अभ्यासले एसिया-प्रशान्त क्षेत्रमा स्थिरता सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।

वार्षिक ‘सुपर गरुडा सिल्ड’ अभ्यास सेप्टेम्बर ४ सम्म राजधानी जकार्ता, सुमात्राको पश्चिमी टापु र रियाउ द्वीपसमूहका विभिन्न स्थानहरूमा सञ्चालन हुनेछ ।

अस्ट्रेलिया, जापान, सिङ्गापुर, फ्रान्स, न्युजिल्यान्ड, बेलायत लगायतका राष्ट्रहरूका सहभागीहरूसँगै चार हजार एक सयभन्दा बढी इन्डोनेसियाली र एक हजार तीन सय अमेरिकी सैनिकले अभ्यासमा भाग लिनेछन् ।

अमेरिका र अस्ट्रेलियाजस्ता केही देशले प्रशान्त क्षेत्रमा चीनको बढ्दो आक्रामकताबारे चिन्ता व्यक्त गरेका छन् । तर वासिङ्टनले यो अभ्यासले बेइजिङलाई लक्षित नगरिएको बताएको छ । युएस इन्डो-प्यासिफिक कमान्डका कमान्डर स्यामुएल पापारोले यस वर्षको अभ्यास ‘अहिलेसम्मकै सबैभन्दा ठूलो सुपर गरुडा सिल्ड’ भएको बताए ।

“यसले सार्वभौमसत्ताका सिद्धान्तहरू कायम राख्न र हिंसाको प्रयोगबाट भू-राजनीतिक स्थितिहरू परिवर्तन गर्न चाहने जो कोहीलाई रोक्न सबै सहभागीहरूको सामूहिक दृढ सङ्कल्प प्रतिनिधित्व गर्दछ”, पापारोले भने, “हामी सबै डोमेनहरूमा दैनिक अभ्यास गर्दैछौँ, ताकि साझेदार आवश्यक पर्दा हामी छिटो र विश्वासका साथ कार्य गर्न सक्षम हौँ ।”

अभ्यासमा कर्मचारी अभ्यास, साइबर डिफेन्स ड्रिल र लाइभ फायर कार्यक्रम समावेश रहेको इन्डोनेसियाली सेनाले जनाएको छ । भारत, पपुवा न्यु गिनी र पूर्वी टिमोर लगायतका देशहरूले पनि अभ्यासका लागि पर्यवेक्षकहरू पठाएका छन् ।

इन्डोनेसियाले तटस्थ विदेश नीति कायम राख्दै महाशक्ति प्रतिस्पर्धामा कूटनीतिक सन्तुलनका साथ वासिङ्टन र बेइजिङसँग सम्बन्ध सुधार्ने प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  ४ : ३६ बजे

निजी क्षेत्रको आत्मविश्वास फर्काउने विषय चुनौतीपूर्ण

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

निर्वाचनका अवसरमा तीन दिन बिदा दिन आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नु : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले

गौरमा सद्भावका लागि सर्वपक्षीय आह्वान; दोषीलाई कारबाही गर्ने, सद्भाव र्‍याली निकाल्ने

रौतहट । धार्मिक विषयलाई लिएर रौतहटको गौर नगरपालिका–६ अन्तर्गत सबगढा

लोपोन्मुख वनकरिया भन्छन्, ‘लालपुर्जा दिलाउनेलाई मत दिन्छौँ’

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-४ टवाङ्ग्राखोला छेउको लोपोन्मुख वनकरिया बस्तीका