१३ माघ २०८२, मंगलबार | January 28, 2026

मधेसका मुख्यमन्त्रीद्वारा चौरचन र गणेश चतुर्थी पर्वको शुभकामना



धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चौरचन तथा गणेश चतुर्थी पर्वका अवसरमा प्रदेशवासी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री सिंहद्वारा मंगरबार जारी शुभकामना सन्देशमा चौरचन पर्वलाई भक्तिभाव र संस्कृतिको गहिरो सम्बन्धसँगै सांस्कृतिक पहिचानका रूपमा चित्रण गर्दै एकता, आपसी सद्भाव र पारिवारिक आत्मीयतामा बाँध्ने माध्यमका रूपमा पर्वले कार्य गरेको उल्लेख गरिएको छ ।

उनले सन्देशमा गणेश चतुर्थी पर्वले विघ्नहर्ता भगवान् गणेशप्रति आस्था जागृत गर्दै जीवनमा आउने चुनौतीहरूलाई धैर्य, बुद्धि र सकारात्मक ऊर्जाद्वारा पार गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। शुभकामना सन्देशमा भनिएको छ, “यो दुवै पर्वले दिएको शान्ति, सद्भाव, श्रद्धा र समर्पणको सन्देश हाम्रो समाजलाई अझ सबल, समृद्ध र उन्नत बनाउन सधैँ मार्गदर्शक हुनेछन् ।”

सन्देशमा उनले भगवान् चन्द्रदेव र भगवान् गणेशको कृपाले सबैमा स्वास्थ्य, समृद्धि, दीर्घायु, आपसी प्रेम र प्रगतिका उज्याला मार्गहरू प्रशस्त होस् भन्ने कामना पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १० भदौ २०८२, मंगलबार  ९ : २४ बजे

अख्तियारद्वारा भरतपुरका तत्कालीन वरिष्ठ इञ्जिनियर आचार्यविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ

संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका

स्वास्थ्य बीमाको जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको सार्वजनिक अपिल

काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको महत्त्वपूर्ण

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य