१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

भियतनाममा टाइफुन काजिकीका कारण मृत्यु हुनेको सङ्ख्या बढ्यो



भियतनाम । भियतनाममा टाइफुन काजिकीका कारण मङ्गलबारसम्म मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । उखेलिएका रूख र बिजुलीका तारले अराजकता ल्याउँदा उद्धारकर्मीको ज्यान गएको छ । राजधानी हनोईसहित धेरै क्षेत्रमा भीषण बाढी र आँधीले दैनिक जीवन अस्तव्यस्त बनाएको छ ।

सोमबार मध्य भियतनाममा आएको आँधीले १३० किमी प्रतिघण्टा (८० माइल प्रतिघण्टा) को वेगमा चलेको हावाले हजारौँ घरका छत उडाएको छ भने र १६ लाखभन्दा बढी मानिस बिजुलीविहीन भएका छन् ।

मङ्गलबारसम्म तीन जनाको मृत्यु र १३ जना घाइते भएको पुष्टि भएको छ । अधिकारीहरूले आठ प्रान्तमा आकस्मिक बाढी र भूस्खलनको चेतावनी जारी गरेका छन् ।

भिन्हमा सैनिक र उद्धारकर्मीहरूले काट्ने उपकरण प्रयोग गरी सडक अवरुद्ध गर्ने दर्जनौँ रूख र छतका प्यानल हटाइरहेका थिए । “एउटा भवनको आठौँ तलाबाट ठूलो स्टिलको छत उडेर सडकमा खस्यो, भाग्यवश कसैलाई चोट लागेन”, ६५ वर्षीय ट्रान भ्यान हङले भने ।

भियतनाम बर्सेनि टाइफुनको मारमा पर्छ, तर जलवायु परिवर्तनका कारण यी आँधीबेहरी अझै तीव्र र अप्रत्याशित बन्दै गएका छन् । यसले उष्णकटिबन्धीय क्षेत्रमा बाढी र विनाशकारी आँधीबेहरीको सम्भावना बढाएको विज्ञहरूले चेतावनी दिएका छन् ।

भिन्हकी ६० वर्षीया गुयेन थी होआले भने, “हामीलाई वर्षा र बाढीको बानी परिसकेको छ तर हिजो जस्तो तीव्र हावा र त्यसको विनाशकारी प्रभाव पहिले कहिल्यै अनुभव गरेको थिइनँ ।”

बाढीका कारण भित्री पहाडी क्षेत्रका २७ गाउँ अलगिएका छन् भने ४४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

– हनोईमा अराजकता –

राजधानी हनोईमा भारी वर्षाले सडक डुबाउँदा बिहानैदेखि यातायात पूर्ण रूपमा अस्तव्यस्त बनेको छ । “आज बिहान पैदल हिँड्नै असम्भव थियो, घरअगाडिको आँगनसमेत बाढीले भरिएको छ”, ४४ वर्षीया न्गुयेन थु लानले भने ।

अर्का बासिन्दा ट्रान लु फुकले भने, “म एक घण्टाभन्दा बढी सडकमा फसेँ । कालो पानीमा गाडीहरू अड्किएर ठूलो लगजाम भयो । ट्राफिक र बाढी दुवै डरलाग्दो थियो ।”

प्रहार गरेपछि कमजोर बनेको काजिकी पश्चिमतर्फ लाओस पस्दा त्यहाँ पनि तीव्र वर्षा ल्यायो । लाओस-चीन रेलमार्गले सोमबार र मङ्गलबार सबै सेवा रोकेको छ भने केही सडक विच्छेद भएका छन् तर मृत्युको समाचार आएको छैन ।

कृषि मन्त्रालयका अनुसार, यस वर्षको पहिलो सात महिनामै प्राकृतिक प्रकोपले भियतनाममा एक सयभन्दा बढी मानिस मारिएका वा हराएका छन् ।

गत सेप्टेम्बरमा आएको टाइफुन यागीले भियतनाम, लाओस, थाइल्यान्ड र म्यान्मामा सात सयभन्दा बढी मानिसको ज्यान लिएको र अर्बौं डलरको क्षति गरेको थियो ।

प्रकाशित मिति : १० भदौ २०८२, मंगलबार  ३ : ४० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले