११ माघ २०८२, आइतबार | January 25, 2026

बारले अब अदालतका ‘विवादित’ अध्ययन गर्ने, बनायो समिति



काठमाडौं। नेपाल बार एसोसिएसनले विवादित न्यायाधीशका फैसला अध्ययन गर्न समिति गठन गरेको छ।

आज बारले वरिष्ठ अधिवक्ता एवम् न्याय परिषद्का पूर्वसदस्य उपेन्द्रकेशरी न्यौपानेको नेतृत्वमा समिति गठन गरेको जानकारी दिएको हो । जुन समितिमा समितिको सदस्यमा डा। सुष्मा बास्कोटा बराल, श्रीकान्त बराल, सानुभाइ शाक्य र माधवकुमार बस्नेत छन्।

बारका महासचिव केदारप्रसाद कोइरालाका अनुसार नेपाल बार एसोसिएसनको विधान, २०४८ बमोजिम केन्द्रीय कार्यसमितिको बैठकको निर्णयानुसार फैसला अध्ययन समिति गठन गरिएको हो । सर्वोच्च अदालतबाट भएका विवादित फैसला, दोहोरो व्याख्यासहित न्यायिक विचलन देखिने फैसलासम्म समितिले अध्ययन गर्ने छ ।

महासचिव कोइरालाले एकआपसमा बाझिएका, विधिशास्त्रीय मान्यतासँग असंगति रहेका फैसला अध्ययन गरी समितिले सर्वोच्च अदालतलाई समेत सुझाव दिने छ ।

 

प्रकाशित मिति : १० भदौ २०८२, मंगलबार  ६ : ०० बजे

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको पहल

काठमाडौँ । निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन

राष्ट्रिय झन्डाको दुरुपयोग गरे कारवाही गर्ने गृहको चेतावनी 

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च

विवादास्पद व्यापारीको करोडौँको गाडी प्रकरणमा बालेन शाह मौन, पत्रकारको प्रश्न टार्दै हिँडे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र