१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

ठगी गरेको आरोपमा दुई जना पक्राउ



काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा र क्रोएसिया पठाइदिने भन्दै रु १५ लाख २१ हजार ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा डडेल्धुरा भागेश्वर गाउँपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वर बस्ने २४ वर्षीय सुरेश नाथ र सङ्खुवासभा मकालु गाउँपालिका–४ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१३ बस्ने ४३ वर्षीय धनबहादुर राई रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

पक्राउ परेकामध्ये सुरेशले क्यानडा पठाउने भन्दै रु १७ लाख एक हजार र धनबहादुरले क्रोएसिया पठाउने भन्दै रु १३ लाख ५० हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरी परेको थियो ।

पक्राउ परेका दुवै जनालाई आजै थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले जानकारी दिए ।

खैरो हेरोइनसहित काठमाडौँबाट तीन जना पक्राउ
प्रहरीले काठमाडौँ महानगरपालिका–२६ पवित्रनगरस्थित रम्भादेवी गेष्ट हाउसबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ५० ग्रामसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा दाङ घोराही उपमहानगरपालिका–१० का ३२ वर्षीय निरोज कुँवर, भक्तपुर सूर्यविनायक नगरपालिका–६ का ३० वर्षीय सुभाष मिश्र तथा धादिङ सिद्धलेक गाउँपालिका–३ घर भएका २८ वर्षीय सूर्यबहादुर थापा रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : १० भदौ २०८२, मंगलबार  १० : ०६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा