१६ बैशाख २०८३, बुधबार | April 29, 2026

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा असोज २७ गते



बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभाको मिति तय गरिएको छ । कार्यसमिति बैठकले संघको ७२ औं वार्षिक साधारण सभा आगामी असोज २७ गते सोमबारका दिन गर्ने निर्णय गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।

संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले साधारण सभा तयारीका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । साधारण सभामा सहभागि सदस्यहरुलाई वितरण गर्ने किट व्याग व्यवस्थापनका लागि कार्यसमिति सदस्य जगन्नाथ न्यौपाने, खाना तथा खाजा व्यवस्थापनका लागि कार्यसमिति सदस्य उमेश अमात्य र स्वागत तथा सत्कारका लागि कार्यसमिति सदस्य रेनु श्रेष्ठलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

त्यसैगरी मतसर्वेक्षणका लागि कार्यसमिति सदस्य सुनिता शर्मा वञ्जाडे, प्रस्ताव लेखनमा कार्यसमिति सदस्य कृष्णप्रसाद पाण्डे, मञ्च तथा हल व्यवस्थापनका लागि कार्यसमिति सदस्य निर्मित कसजू, निमन्त्रणा कार्ड व्यवस्थापनका लागि कार्यसमिति सदस्य काशिराम शर्मा पौडेल, पार्किङ व्यवस्थापनको लागि कार्यसमिति सदस्य टिकाराम वञ्जाडे र सौजन्य तथा सहयोग व्यवस्थापनको लागि कार्यसमिति सदस्य गणेशप्रसाद भट्टराईलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको हो ।

प्रकाशित मिति : ११ भदौ २०८२, बुधबार  ८ : ५२ बजे

कांग्रेस रामेछाप सभापति कान्छाराम तामाङ निलम्बित

काठमाडौं । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’

सरकारद्वारा थप तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

रातमा बस्नेगरी सगरमाथा आधार शिविरको ‘प्याकेज’ बेचे कारबाही

काठमाडौं । पर्यटन विभागले रातको समयमा सगरमाथा आधार शिविरमा बस्नेगरी

रास्वपा बैठकमा रवि लामिछानेको निर्देशन : शासन सुधार र सेवा प्रवाहमा जोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बुधबार बसेको