२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

विद्यालय शिक्षा विधेयकप्रति बुटवल उद्योग वाणिज्य संघको चासो



बुटवल । संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा सम्बन्धी विधेयक-२०८० ले निजी विद्यालयलाई प्रत्यक्ष असर पार्ने देखिएकाले बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले गम्भीर चासो व्यक्त गरेको छ ।

संघका अध्यक्ष हरिप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा निजी विद्यालयलाई शिक्षाको राष्ट्रिय विकाससँग अपरिहार्य रूपमा जोडिएको क्षेत्र भन्दै सो विधेयकका कतिपय प्रावधानप्रति आपत्ति प्रकट गरिएको छ । विज्ञप्तिमा भनिएको छ- “सरकारी स्वामित्वमा रहेका विद्यालयजस्तै निजी विद्यालयलाई पनि समान रूपले सम्बोधन गर्नुपर्नेमा विधेयकमा विभेदपूर्ण व्यवहार गरिएको छ ।”

संघका अनुसार मुलुकभर करिब ३५ प्रतिशत विद्यार्थी निजी विद्यालयमार्फत शिक्षा हासिल गर्दै आएका छन् भने यसले पाँच लाखभन्दा बढी व्यक्तिलाई रोजगारी सिर्जना गरेको छ । निजी क्षेत्रको लगानी र योगदानलाई उपेक्षा गर्नु शिक्षा क्षेत्रमा नकारात्मक असर पार्ने चेतावनी संघले दिएको छ ।

विज्ञप्तिमा विधेयकका कतिपय प्रावधानले सामुदायिक र निजी विद्यालयबीच असमानता ल्याउने, दण्डात्मक व्यवस्था केन्द्रित गर्ने र दीर्घकालीन रूपमा गुणस्तरीय शिक्षामा असर पुर्‍याउने आशंका व्यक्त गरिएको छ । संघले शिक्षा नीतिलाई राजनीतिक भन्दा बढी सामाजिक न्याय र गुणस्तरसँग जोड्नुपर्ने सुझावसमेत दिएको छ ।

संघले विधेयकलाई व्यवहारिक, समावेशी र दिगो बनाउन सरकार, संसद् तथा सरोकारवाला निकायसँग आग्रह गरेको छ । साथै, विद्यार्थी, अभिभावक, विद्यालय सञ्चालक तथा सरोकारवालाबीच व्यापक छलफल गरी मात्र विधेयक पारित गर्नुपर्नेमा संघले जोड दिएको छ ।

संघको विज्ञप्तिमा भनिएको छ- “निजी विद्यालयलाई कमजोर बनाउने खालका कानुनी व्यवस्थाले शिक्षा गुणस्तरमा गिरावट ल्याउने मात्र होइन, रोजगारी गुम्ने र बेरोजगारीको समस्या झनै जटिल हुने खतरा छ ।”

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  १२ : ३७ बजे

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौँ । नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’