२८ कार्तिक २०८२, शुक्रबार | November 15, 2025

युवराज र बसिरको कसिलो बलिङमा आसामविरुद्ध नेपाल ‘ए’ ९६ रनले विजयी



काठमाडौं । भारतको गुवाहटीमा रहेको नेपाली ‘ए’ टीमले आसामविरुद्ध दोस्रो खेलमा फराकिलो जित निकालेको छ । पहिलो खेल पूरै खेल खेल्न नपाएर डीएलएसमा पछि परेर १५ रनले हारेको नेपालले दोस्रो खेलमा कमब्याक गर्दै ९६ रनको एकतर्फी जित निकालेको हो ।

पहिले ब्याटिङ गर्दै नेपालले दिएको १७४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा आसाम टिम १५ दशमलव २ ओभरमा अलआउट हुँदै ७७ रनमै समेटियो ।

पहिले ब्याटिङ गरेको नेपालका लागि सन्दीप जोराले सर्वाधिक २३ बलमा ३५ रन जोडे । यस्तै देव खनालले ३५ बलमा ३१ रन जोड्दा पवन सर्राफले २३ बलमा ३१ रन जोडे ।

यस्तै बसिर अहसमदले १६ मा २७ रन बनाए भने विवेक यादवले नटआउट ८ बलमा २६ रन जोड्दा आदिल आलम अन्सारीले ८ बलमा १४ रन बनाए ।

यता बलिङतर्फ युवराज खत्री ३ दशमलव २ ओभर बलिङ गर्दे १५ रन दिएर चार विकेट निकाले । बसिर अहमदले ४ ओभरमा २६ रन दिएर ३ विकेट निकाले । विवेक यादव, कमलसिंह ऐरी र आकाश चन्दरले एक/एक विकेट निकाले ।

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  ४ : ३८ बजे

स्वदेश फर्किए देउवा दम्पती

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती सिंगापुरबाट काठमाडौँ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या, मकवानपुरमा गोली हानी पुजारीको हत्या

धनुषा । मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको

मतदाता नामावली दर्ता गर्ने म्याद मंसिर ५ गतेसम्मका लागि थपियो

काठमाडौं । मतदाता नामावली दर्ता गर्नेहरुको भीड दिनप्रतिदिन बढ्न थालेपछि

अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै