१४ असार २०८३, आइतबार | June 29, 2026

नेपाल ‘ए’ र आसामबीच टी-२० सिरिजको निर्णायक भिडन्त आज



काठमाडौं । भारतको गुवाहटीमा असाम प्रदेशसँग जारी पाँच खेलको टी-२० सिरिजको अन्तिम तथा निर्णायक खेल आज साँझ हुँदैछ । नेपाल ‘ए’ टिमले सोमबार साँझ ५ बजे असामसँग पाँचौं खेलमा प्रतिस्पर्धा गर्नेछ ।

चौथो खेलमा आइतबार १८ रनले पराजित भएसँगै नेपालले सिरिज जित्ने अवसर गुमाएको थियो । सुरुमा ब्याटिङ गरेको असामले दिएको १७५ रनको लक्ष्य भेट्न नसक्दा नेपाल पराजित भएको हो । यसअघि सिरिजमा २-२ बराबरी भएकाले अब उपाधिका लागि दुबै टिम दबाबमा रहेका छन् ।

नेपालले पहिलो खेलमा डकवर्थ-लुइस (डीएल) पद्धतिका आधारमा १५ रनले हार बेहोरेको थियो । तर दोस्रो खेलमा ९६ रन र तेस्रो खेलमा ९ रनले जित निकाल्दै श्रृंखलामा अग्रता कायम गरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको नेपाल ‘ए’ टिममा कप्तान अनिलकुमार शाहसहित अलराउन्डर अदिल आलम, ब्याट्सम्यान सन्दीप जोरा लगायतका युवा तथा अनुभवी खेलाडी समावेश छन् ।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  ७ : २३ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा