२० भदौ २०८३, शनिबार | September 5, 2026

लिल झोला पहिलोपटक बुटवलमा, शनिबार द कन्सेप्टमा ‘जीन भी अर्बन नाइट’



बुटवल । नेपाली हिपहप संगीतका उदयमान गायक लिल झोला (वास्तविक नाम आकाश क्षेत्री) पहिलोपटक बुटवलमा प्रस्तुति दिन लागेका छन् । भाइस नेशन, बुटवलको आयोजनामा शनिबार द कन्सेप्ट, कालिकानगरमा ‘जीन भी अर्बन नाइट’ हुने भएको छ ।

कार्यक्रमबारे जानकारी दिँदै आयोजक उत्तम आचार्यले हाल चर्चामा रहेका लिल झोलालाई बुटवल ल्याएर युवाहरूलाई सांगीतिक मनोरञ्जन दिने उद्देश्य राखिएको बताए ।

साँझमा लिल झोलासँगै डिजे मोनिका, मेलोन थापा लगायत कलाकारहरूको विशेष प्रस्तुति रहनेछ । करिब ७०० जनाको सहभागिता हुने अनुमान गरिएको र टिकट शुल्क प्रतिव्यक्ति ८ सय रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।

बुटवलपछि लिल झोलाको कार्यक्रम भारतको दिल्ली र कलकत्तामा तय भएको छ ।

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  ५ : ५२ बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार