२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बोली–व्यवहार नरम बनाउनुस् : महानगर प्रमुख साह



काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले राज्यका सुरक्षा सङ्गठनबीच सहकार्य एवं समन्वय गर्दै महानगरप्रहरीले काम गर्नुपर्नेमा जोड दिएका छन् ।

तेत्तीसौँ महानगर प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले कानुन, नीतिनियम पालना तथा कार्यान्वयन गराउन सक्रिय भएर लाग्न नगरप्रहरीलाई अनुरोध गरे ।

प्रमुख शाहले भने, “महानगरमा अतिक्रमण हटाउने, सार्वजनिक सम्पत्ति संरक्षण गर्ने तथा सुशासन एवं सुव्यवस्था कायम गर्न महानगर प्रहरीले निर्वाह गरेको भूमिकाको म सराहना गर्दछु ।”

उपप्रमुख सुनिता डङ्गोलले व्यक्ति विशेष नभई जनता र संस्थाको हितमा काम गर्न महानगर प्रहरी बललाई निर्देशन दिइन् । उनले भनिन्, “नागरिकको सुखदुःख, जात्रा, पर्वमा सधैँ जनतासँगै हुने महानगर प्रहरीले संस्थाको असल प्रतिनिधिका रुपमा काम गर्नुपर्छ ।”

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले नेपाल प्रहरी र महानगर प्रहरी बलको सहकार्यमा अनधिकृत संरचना, अवरोध र सडकपेटीको अतिक्रमण हटाउने काम नतिजामुखी ढङ्गबाट भइरहेको बताए ।

काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले महानगरपालिकाभित्रका अनधिकृत संरचना हटाउने, विपद् र सवारी व्यवस्थापन गर्दै आएको बताए ।

महानगर प्रहरी बलले सार्वजनिक स्थलमा धूमपान नियन्त्रण, सडकमा छाडिएका चौपाया, अव्यवस्थित घरटहरा हटाउने तथा विपद् र ढलनिकास व्यवस्थापन, बजार अनुगमन गर्दै आएको छ । महानगर प्रहरीले स्थापना दिवसका अवसरमा स्वयम्भूनाथ र वसन्तपुर दरबार क्षेत्रको सरसफाइका साथै महानगरपालिकाभित्रका विभिन्न स्थानमा वृक्षरोपणसमेत गरेको थियो ।

विसं २०५० भदौ १४ गते स्थापना भएको महानगर प्रहरी बलान हाल ३६२ जना कार्यरत छन् । प्रहरी बलले गत वर्ष नियम उल्लङ्घन गरेका २० हजार ७३४ सवारीसाधन धनी र तोकिएका स्थानबाहेक अन्यत्र फोहर फाल्ने ३९७ जनालाई कारबाही गरेको जनाएको छ । उक्त कारबाहीबाट महानगरलाई रु तीन करोड ५६ लाख प्राप्त भएको छ ।

त्यसअवसरमा यस वर्षको ‘महानगर प्रहरी गौरव’ पुरस्कार नगरप्रहरी वरिष्ठ निरीक्षक लक्ष्मी महर्जनलाई प्रदान गरिएको थियो भने ‘उत्कृष्ट महानगर प्रहरी पुरस्कार’ हवल्दार बालकृष्ण कार्कीलाई र ‘महानगर प्रहरी पुरस्कार’ हवल्दारद्वय विजय तामाङ र मणिराम खनाल हवल्दार तथा प्रहरी जवान फिलिपी सारु मगरलाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १४ भदौ २०८२, शनिबार  २ : २० बजे

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका