२१ माघ २०८२, बुधबार | February 4, 2026

नेपाल ‘ए’ टिमको लगातार दोस्रो जित, सिरिजमा २-१ को अग्रता



काठमाडौं । नेपाल ‘ए’ क्रिकेट टिमले आसाम प्रदेश क्रिकेट संघमाथि लगातार दोस्रो जित निकालेको छ । शनिबार राति सम्पन्न तेस्रो टी-२० अभ्यास खेलमा सन्दीप जोराको शानदार अर्धशतकको सहायतामा नेपालले आसामलाई ९ रनले पराजित गर्‍यो ।

यस जितसँगै नेपालले पाँच खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ । सिरिजको पहिलो खेलमा डकवर्थ-लुइस (डीएल) पद्धतिका आधारमा १५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने ९६ रनले विजयी भएको थियो ।

शनिबार टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले पुरा २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १९६ रन बनायो । नेपालका लागि सन्दीप जोराले ४८ बलमा ७ चौका र २ छक्कासहित ७४ रन बनाए । आदिल आलामले ३५, तिर्थराज दासले ३३ तथा कप्तान अनिलकुमार साहले ३१ रन जोडे । आसामका आकाश सेनगुप्ताले २ विकेट लिए ।

१९७ रनको लक्ष्य पछ्याएको आसामले निर्धारित २० ओभरमै ७ विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो । आसामका निहार डेकाले ४० रन, कप्तान सुमित घाडीगाउँकरले ३६ रन र अब्दुल अजिजले ३१ रन जोडे ।

नेपालका कमलसिंह ऐरी, आकाश चन्द, विवेककुमार यादव र बसीर अहमदले समान २–२ विकेट लिँदा आदिल आलामले १ विकेट हात पारे ।

सिरिजको चौथो खेल आइतबार साँझ र अन्तिम तथा निर्णायक खेल सोमबार हुने छ ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ७ : १९ बजे

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास