१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

छैटौं ब्रिटिस कप २०२५ टुर्नामेन्टको उपाधि चेल्सी इन्टरनेशनल एकेडेमी र इनसाइट भिजनलाई



काठमाडौं । द ब्रिटिस कलेजको आयोजनामा ‘छैटौं ब्रिटिस कप २०२५’ इन्टर कलेज फुटसल टोर्नामेन्ट कार्यक्रम सम्पन्न भएको छ।

यही अगस्ट २५ देखि २९ भदौ ९ देखि १३ सम्म काठमाडौंको बालुवाटारस्थित धुकु स्पोर्ट्स हबमा आयोजना गरेको छैटौं ब्रिटिश कप २०२५ अन्तर–कलेज फुटसल प्रतियोगितामा हाई स्कूलतर्फ चेल्सी इन्टरनेशनल एकेडेमी र ब्याचलरतर्फ इनसाइट भिजनले उपाधि हात पारेका छन्।

यस वर्षको प्रतियोगितामा हाई स्कूलतर्फ १७ र ब्याचलरतर्फ २० वटा कलेजहरूको सहभागिता थियो। हाई स्कूलको फाइनल खेलमा चेल्सी इन्टरनेशनल एकेडेमीले डीएभी कलेजलाई हराउँदै च्याम्पियन बनेर १ लाख रुपैयाँ जित्यो भने डीएभीले उपविजेताको रूपमा ५० हजार रुपैयाँ प्राप्त गर्यो।

यस विधामा चेल्सी एकेडेमीका बिमर्श बम ठकुरी उत्कृष्ट खेलाडी, यशराज साह उत्कृष्ट गोलकिपर घोषित भए। एभीएमका रिजन महर्जन ११ गोलसहित सर्वाधिक गोलकर्ता बने भने रोम्बस सेकेन्डरी स्कुलले फेयर प्ले अवार्ड प्राप्त गर्यो। यी व्यक्तिगत विधाका विजेताले ५ हजार रुपैयाँ प्राप्त गरे।

त्यस्तै, ब्याचलरतर्फ इनसाइट भिजनले न्याथमलाई पराजित गर्दै च्याम्पियन बनेर १ लाख रुपैयाँ जित्यो भने उपविजेता बनेको न्याथमले ५० हजार रुपैयाँ प्राप्त गर्यो।

यस स्तरमा इनसाइट भिजनका रबिन चौलागाईं उत्कृष्ट खेलाडी र सुजन बराम उत्कृष्ट गोलकिपर चुनिए। न्याथमका विविध विष्ट सर्वाधिक गोलकर्ता बने भने लिटिल एन्जल्स कलेजलाई फेयर प्ले अवार्ड प्रदान गरियो। यी विजेताहरूलाई व्यक्तिगत विधामा १०–१० हजार रुपैयाँ प्रदान गरिएको थियो।

द ब्रिटिश कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजेन कँडेलले प्रतियोगितालाई सफल बनाउन योगदान गर्ने विद्यार्थी, स्वयंसेवक र सहभागी सबैलाई धन्यवाद दिँदै यस प्रतियोगिताले कलेजको भावना प्रतिबिम्बित गरेको बताए।

उनले अर्को वर्ष सातौं ब्रिटिश कप २०२६ मा काठमाडौं बाहिरका कलेजलाई समेत सहभागी गराउने योजना रहेको जानकारी दिए।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ८ : २१ बजे

इरानी आक्रमणबाट मृत्यु भएका नेपाली गोरखाका दिवस श्रेष्ठ

यूएई । इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपाली युवकको पहिचान

सल्यानमा रास्वपाको प्रचार गाडीबाट मदिरा र खाद्यान्न बरामद, जिप प्रहरी नियन्त्रणमा

सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव प्रचारमा प्रयोग भइरहेको

निर्वाचनमा उत्साहका साथ सहभागी हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते सम्पन्न

इजरायल–इरान द्वन्द्व मध्यपूर्व क्षेत्रभरि फैलियो

इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि इजरायल,

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने