२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपाल ‘ए’ र आसामबीच टी-२० सिरिजको निर्णायक भिडन्त आज



काठमाडौं । भारतको गुवाहटीमा असाम प्रदेशसँग जारी पाँच खेलको टी-२० सिरिजको अन्तिम तथा निर्णायक खेल आज साँझ हुँदैछ । नेपाल ‘ए’ टिमले सोमबार साँझ ५ बजे असामसँग पाँचौं खेलमा प्रतिस्पर्धा गर्नेछ ।

चौथो खेलमा आइतबार १८ रनले पराजित भएसँगै नेपालले सिरिज जित्ने अवसर गुमाएको थियो । सुरुमा ब्याटिङ गरेको असामले दिएको १७५ रनको लक्ष्य भेट्न नसक्दा नेपाल पराजित भएको हो । यसअघि सिरिजमा २-२ बराबरी भएकाले अब उपाधिका लागि दुबै टिम दबाबमा रहेका छन् ।

नेपालले पहिलो खेलमा डकवर्थ-लुइस (डीएल) पद्धतिका आधारमा १५ रनले हार बेहोरेको थियो । तर दोस्रो खेलमा ९६ रन र तेस्रो खेलमा ९ रनले जित निकाल्दै श्रृंखलामा अग्रता कायम गरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको नेपाल ‘ए’ टिममा कप्तान अनिलकुमार शाहसहित अलराउन्डर अदिल आलम, ब्याट्सम्यान सन्दीप जोरा लगायतका युवा तथा अनुभवी खेलाडी समावेश छन् ।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  ७ : २३ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय