८ माघ २०८२, बिहिबार | January 22, 2026

नेपालसँग श्रम सम्झौता भएका देशहरूमा हुलाक सेवा सम्झौता गर्नुपर्छ : सञ्चारमन्त्री



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालसँग श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाक सेवा सम्झौता गर्नुपर्ने बताएका छन् ।

हुलाक सेवा विभागले आज आयोजना गरेको वार्षिक प्रगति समीक्षामा संचारमन्त्री गुरुङले हुलाकको व्यावसायिक सम्भावना ‘पार्सल डेलिभरी’ भएको बताउँदै विदेशमा रहेका नेपालीसम्म यो सेवा विस्तार गर्न श्रम सम्झौता भएका देशमा हुलाक पुग्नुपर्नेमा जोड दिए। पार्सल सेवालाई भरपर्दो बनाउन जरुरी भएको उनले बताए ।

मन्त्री गुरुङले सबै पालिकालाई ‘डिजिटलाइजेसन’ गर्न र ‘स्मार्ट’ हुलाक कार्यालय सञ्चालन गर्न निर्देशन दिँदै भने, “अब हुलाक स्मार्ट हुनुपर्छ, सूचना प्रविधिको अधिकतम उपयोग गरी समयअनुसार रुपान्तरण हुनुपर्छ ।”

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले हुलाक सेवालाई प्रभावकारी बनाउन विभागलाई आवश्यक पर्ने पूर्वाधार निर्माण एवं आवश्यकता अनुसार अन्य सहयोग गर्न आफू सधैँ सकारात्मक रहेको बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले हुलाकको विगतको गौरवपूर्ण गाथालाई आत्मसात् गर्दै हुलाकलाई युगानुकूल बनाउन ऐन, कानुन परिमार्जन थालिएको बताए। हुलाकका प्रशासनिक एवं व्यवस्थापकीय व्यवधान हटाउन आफू सदैव तत्पर रहेको उनले बताए।

विभागका महानिर्देशक मनमाया भट्टराई पँगेनीले हुलाक सेवालाई स्मार्ट बनाउन आफू लागिपरेको बताए ।

त्यस अवसरमा विभागका निर्देशक धव्रराज आचार्यले विभागको गतिविधिबारे जानकारी दिएका थिए ।

प्रकाशित मिति : १७ भदौ २०८२, मंगलबार  ५ : ०० बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा