
बेइजिङ । चीनले जापानी आक्रमणविरुद्धको चिनियाँ जनयुद्ध तथा विश्व विरोधी-फासीवादी युद्धमा विजयको ८०औं वार्षिकोत्सवको अवसरमा राजधानी बेइजिङमा भव्य परेड प्रदर्शन गरेको छ । बुधबार बिहान विश्वका शक्तिशाली नेताहरुको उपस्थितिमा चिनियाँ राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का महासचिव तथा जनमुक्ति सेनाका सुप्रिम कमाण्डर सी चिङफिङले सो परेड समारोहको उद्घाटन गरेका छन् ।
सो परेडमा अत्यधिक प्रतिक्षित स्ट्राटेजिक स्ट्राइक ग्रुपको प्रदर्शन गरिएको छ । यस समूहअन्तर्गत क्रूज मिसाइल, हाइपरसोनिक मिसाइल र आणविक मिसाइल रहेका छन् ।
यसैगरी जनमुक्ति सेनाका सूचना युद्ध समूह र मानवविहीन लडाकु समूहलाई पनि परेडमा प्रदर्शन गरिएको छ ।
यसैगरी जनमुक्ति सेनाका स्थल, नौसैनिक, हवाई लडाकु समूहलाई समेत प्रदर्शन गरिएको छ ।






















प्रतिक्रिया