काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठक पार्टी मुख्यालय पेरिसडाँडा, कोटेश्वरमा जारी छ । बैठकमा समसामयिक राजनीतिक अवस्था, स्थायी समितिले गरेको निर्णयको कार्यान्वयनलगायत एजेन्डामाथि छलफल भइरहेको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।
यसअघि स्थायी समिति बैठकले गरेको निर्णय कार्यान्वयनबारे छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ ३ गते बैठक बोलाएका थिए । तर, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्न नेपाली कांग्रेस र नेकपा एमालेले हस्ताक्षर अभियान थालेपछि बैठक छोटो समय बसेर स्थगित भएको थियो ।
त्यसपछिका भदौ ६ र ८ गतेका लागि तय गरिएका बैठकहरू पनि प्रचण्डले कार्यव्यस्ततालाई कारण देखाउँदै स्थगित गरेका थिए । गत साउन १९ गते सम्पन्न स्थायी समिति बैठकले पार्टीभित्र रहेका गुट, उपगुट र स्वार्थ समूह विघटन गर्ने निर्णय गरेको थियो ।


















प्रतिक्रिया