१४ भदौ २०८३, आइतबार | August 31, 2026

माओवादीले भन्यो – गृहमन्त्री राजीनामा देऊ



काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन सुझाव दिएको छ ।

सोमबार बसेको माओवादी पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकलाई राजीनामा दिन सुझाव दिएको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले भिजिट भिसा प्रकरणमा प्रश्न उठेकाले गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु उचित हुने निस्कर्ष निकालेको बताए ।

बैठकले आजै दुई वटा पार्टीसँग पार्टी एकता गर्ने निर्णय पनि गरेको छ । गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीसँग ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा पार्टीएकता भएपछि आजै दिउँसो २ बजे नयाँबजारस्थित नेपास् ब्याङ्केटमा नेपाः राष्ट्रिय पार्टीसँग पार्टी एकता हुने प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ११ : ४९ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति