३१ असार २०८३, बुधबार | July 15, 2026

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ ।

बैठकमा यसअघि सम्पन्न स्थायी कमिटी बैठकमा भएको छलफलका आधारमा निर्णय गरिने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । उनका अनुसार आगामी भदौ २१ गतेदेखि सुरु हुने मध्यपहाडी लोकमार्ग जागरण अभियानसम्बन्धी बाँकी विषयमा टुंगो लगाइनेछ ।

यस्तै, हालै एकतामा आएका दलका नेता-कार्यकर्ताको कार्यविभाजनबारे पनि बैठकले निर्णय गर्नेछ । गत जेठमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ समूह)बीच पार्टी एकता भएको थियो ।

बैठकमा पार्टीभित्र देखिएका अन्तरविरोध तथा समाधानका विषयमा समेत छलफल हुने बताइएको छ । यसअघि स्थायी कमिटी बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ८ : ३८ बजे

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार