१९ असार २०८३, शुक्रबार | July 3, 2026

राज्यव्यवस्थाबाट बाहिरिएका रामहरि बने संसदीय सुनुवाइ समितिको सभापति



काठमाडौं । नेपाली कांग्रेसका रामहरि खतिवडा संसदीय सुनुवाइ समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।

सङ्घीय संसद् सचिवालयले बिहीबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेकोमा खतिवडाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।

सङ्घीय निजामती सेवा विधेयक, २०८० मा रहेको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा संसदीय विशेष समितिले देखाएको नैतिक जिम्मेवारीका कारण खतिवडाले साउन २८ गते राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदबाट राजीनामा दिएका थिए । तर, राजीनामा दिएर एक महिना नबित्दै उनले अर्को समितिको नेतृत्व पाएका हुन्।

सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार सुनुवाइ समितिमा खतिवडाको मात्रै उम्मेदवारी परेको हो। निर्वाचन प्रक्रिया पूरा गर्न सचिवालयले तयार पारेको कार्यतालिका अनुसार शुक्रबार सवा ५ बजे बस्ने समिति बैठकमार्फत उनको सभापतिमा निर्वाचित भएको आधिकारिक घोषणा गरिनेछ।

यसअघि रिक्त बनेको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा भदौ १० गते ईश्वरीदेवी न्यौपाने चयन भएकी थिइन्।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ४ : ४६ बजे

बालेन्द्र सरकारमाथि एमालेको तिखो टिप्पणी : ‘१०० दिनमा सुशासन होइन, विवाद र असफलता’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बालेन्द्र शाह नेतृत्वको सरकारको

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

जेनेभा । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले एल

केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक । काठमाडौ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (दोस्रो

स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको रकम भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु

बैतडीमा यात्रुवाहक बस दुर्घटना, कम्तीमा १६ जना घाइते

काठमाडौं । कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस बैतडीमा