१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

तीन तहको सरकारबीच समन्वय नहुँदा पर्यटकलाई सास्ती



नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डबिक्रम न्यौपानेले संघ, प्रदेश र स्थानीय सरकारबिच् समन्वय नहुँदा पर्यटकले सास्ती खेप्नु परेको बताएका छन् । पर्यटन बोर्डको प्रवद्र्धनमा नाट्टा गण्डकी र लुम्बिनी च्याप्टरको संयुक्त आयोजनामा आज नेपालगन्जमा भएको अन्तर प्रदेश पर्यटन प्रवद्र्धन विषयक अन्तरक्रियामा बोल्दै मन्त्री न्यौपानेले संघीय सरकार अन्तर्गतको निकायले प्रदेश सरकारले गरेको निर्णय कार्यान्वयन नगरिदिएको गुनासो गरे ।

उनले प्रदेश सरकारले तयार गरेको एल्लो कार्ड वितरणमा सहजिकरण समेत नगरिदिएको बताए । ‘नाकामा प्रवेश गरेका पर्यटकलाई एक पटक मात्र चेकजाँच् हुने गरि प्रदेश सरकारले तयार गरेको एल्लो कार्ड समेत संघ मातहतको निकायले वितरण गरिदिएन,’ उनले भने, ‘ट्राफिक प्रहरीले पर्यटकले दुःख पाएको महसुस गर्न सकेमात्र पर्यटकले दुःख पाउन छाड्नेछन् ।’

उनले भारतीय सवारी साधनमा आउने पर्यटकले धेरै ठाउँमा चेकिङलगायतको सास्ती पाएको व्यापक गुनासो आएकाले प्रदेश सरकारले एल्लो कार्ड व्यवस्था गरेर आवागमनमा सहज गराउन थालेको तर सो कार्ड वितरण नै हुन नसकेको बताए ।

मन्त्री न्यौपानेले चेकिङको विधि परिवर्तन नगरेसम्म पर्यटन क्षेत्रमा नेपालको छाप राम्रो नजाने बताए । उनले भने, ‘नेपालको चेकिङ झन्झटिलो छ । भालुवाङदेखि लमही आउदा ५ ठाउँमा चेकिङ हुन्छ । एकद्वार गरौ भनेर बैठक गर्छौ । फेरि उस्तै हुन्छ ।’

उनले अघिल्लो वर्ष भन्दा २२ प्रतिशत पर्यटक बढेको जानकारी दिँदै गतवर्षमात्र ११ लाख पर्यटक लुम्बिनी प्रदेश प्रवेश गरेको बताए । नेपाललाई समृद्ध बनाउने मुख्य श्रोत पर्यटन भएपनि पर्यटनलाई प्रवर्द्धन गर्न नसकिएको मन्त्री न्यौपानेले स्वीकार गरे । उनले निजी क्षेत्र अगाडि बढे सरकार पछि लाग्न प्रतिबद्ध रहेको बताए ।

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद अम्बिका काफ्लेले पर्यटन प्रवद्र्धनका लागि अनुकुल कानुन बनाउन आफ्नो तर्फबाट पहल हुने प्रतिबद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा नाट्टा बाँकेका संयोजक श्रीराम सिग्देल, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव भीमबहादुर रानाभाट, पर्यटन प्रवर्द्वन मन्च रफ बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, कार्यक्रम संयोजक राजेश पहाडीलगायतले होटल व्यवसायीले नेपालगन्ज(भैरहवा(पोखराका बीचमा समन्वय गरेर अघि बढ्दा पर्यटन व्यवसायमा टेवा पुग्ने बताएका थिए ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ५ : ५५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले