२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

नेपालगन्जको सहकारीबाट ३७ करोड बढी हिनामिना प्रकरण : जिल्लाको फैसला उच्च अदालतबाट सदर

अध्यक्ष हरदेवबक्स चौधरी सहित ३ जना पुनः पक्राउ



नेपालगन्ज । नेपालगन्जको सहकारी वित्तीय विकास संस्थाबाट ३७ करोड बढी रकम हिनामिना गरेको अभियोगमा जिल्ला अदालत बाँकेबाट दोषी ठहरिएकाहरु उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट पनि दोषी ठहरिएका छन् । जिल्ला अदालतको फैसलालाई उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले सदर गरेसँगै सहकारीको रकम अपचलन गर्नेहरु दोषी ठहरिएका हुन् ।

उच्च अदालतको आदेश आएलगत्तै प्रहरीले दोषी ठहर भएका मध्य तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष हरदेवबक्स चौधरी, सिद्धिकुमार महर्जन र कर्मचारी सुरत खटिकरहेका छन् । जिल्ला अदालतको फैसलालाई उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले सदर गरेसँगै चौधरी, महर्जन र खटिक पक्राउ परेका हुन्।

यसअघि एक वर्ष कैद बसेर २५ लाख धरौटीमा छुटेका संस्थाका अध्यक्ष चौधरीलाई ५ वर्ष कैद, ५० हजार जरिवाना तोकिएको छ ।

अदालतले सहकारी घोटालामा १९ जनालाई कसुरदार ठहर गरेको छ। त्यसमध्ये सात जनाले कैद र जरिवाना तिरेपनि उनीहरुबाट बिगो भराईएको छैन भने अन्य फरार रहेका छन् । अदालतले कसुरदारलाई कैद, जरिवाना र बिगोको सजाय सुनाएको छ। २०७६ असोज २८ गते जिल्ला अदालतमा सहकारी ऐन, ठगी र संगठित अपराधमा मुद्दा परेको थियो ।

२०८० पुस २६ गते जिल्ला न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले ४१ जनामध्ये १९ जनालाई कसुरदार ठहर गरेको थियो । २०८२ जेठ १४ गते उच्च अदालतले जिल्लाको फैसलालाई सदर गर्दै जिल्ला प्रशासनको नेतृत्वमा पीडित पक्ष ५ जनासहित विभिन्न निकायका प्रतिनिधि रहने गरी सहकारी सञ्चालक टोली बनाउने र त्यसले विशेष साधारण सभा बोलाउन आदेश दिएको पीडित संघर्ष समितिका सह–संयोजक आशुतोष शुक्लाले जानकारी दिए ।

जिल्लाको ठूलामध्येको यो सहकारीमा १२ हजार ८ सय ४ जना बचतकर्ता छन् । नेपाल राष्ट्र बैंकबाट सिमित बित्तीय कारोबारको अनुमति पाएको पहिलो सहकारीमा सहकारी ऐन विपरित ब्यापार ब्यवसाय गरेदेखि नै अपचलनको क्रम सुरु भएको थियो ।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  १ : ०८ बजे

पश्चिम एसिया तनाब : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौं । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय

मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौँ । पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले

सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य