६ माघ २०८२, मंगलबार | January 20, 2026

नेपालगन्जको सहकारीबाट ३७ करोड बढी हिनामिना प्रकरण : जिल्लाको फैसला उच्च अदालतबाट सदर

अध्यक्ष हरदेवबक्स चौधरी सहित ३ जना पुनः पक्राउ



नेपालगन्ज । नेपालगन्जको सहकारी वित्तीय विकास संस्थाबाट ३७ करोड बढी रकम हिनामिना गरेको अभियोगमा जिल्ला अदालत बाँकेबाट दोषी ठहरिएकाहरु उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट पनि दोषी ठहरिएका छन् । जिल्ला अदालतको फैसलालाई उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले सदर गरेसँगै सहकारीको रकम अपचलन गर्नेहरु दोषी ठहरिएका हुन् ।

उच्च अदालतको आदेश आएलगत्तै प्रहरीले दोषी ठहर भएका मध्य तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष हरदेवबक्स चौधरी, सिद्धिकुमार महर्जन र कर्मचारी सुरत खटिकरहेका छन् । जिल्ला अदालतको फैसलालाई उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले सदर गरेसँगै चौधरी, महर्जन र खटिक पक्राउ परेका हुन्।

यसअघि एक वर्ष कैद बसेर २५ लाख धरौटीमा छुटेका संस्थाका अध्यक्ष चौधरीलाई ५ वर्ष कैद, ५० हजार जरिवाना तोकिएको छ ।

अदालतले सहकारी घोटालामा १९ जनालाई कसुरदार ठहर गरेको छ। त्यसमध्ये सात जनाले कैद र जरिवाना तिरेपनि उनीहरुबाट बिगो भराईएको छैन भने अन्य फरार रहेका छन् । अदालतले कसुरदारलाई कैद, जरिवाना र बिगोको सजाय सुनाएको छ। २०७६ असोज २८ गते जिल्ला अदालतमा सहकारी ऐन, ठगी र संगठित अपराधमा मुद्दा परेको थियो ।

२०८० पुस २६ गते जिल्ला न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले ४१ जनामध्ये १९ जनालाई कसुरदार ठहर गरेको थियो । २०८२ जेठ १४ गते उच्च अदालतले जिल्लाको फैसलालाई सदर गर्दै जिल्ला प्रशासनको नेतृत्वमा पीडित पक्ष ५ जनासहित विभिन्न निकायका प्रतिनिधि रहने गरी सहकारी सञ्चालक टोली बनाउने र त्यसले विशेष साधारण सभा बोलाउन आदेश दिएको पीडित संघर्ष समितिका सह–संयोजक आशुतोष शुक्लाले जानकारी दिए ।

जिल्लाको ठूलामध्येको यो सहकारीमा १२ हजार ८ सय ४ जना बचतकर्ता छन् । नेपाल राष्ट्र बैंकबाट सिमित बित्तीय कारोबारको अनुमति पाएको पहिलो सहकारीमा सहकारी ऐन विपरित ब्यापार ब्यवसाय गरेदेखि नै अपचलनको क्रम सुरु भएको थियो ।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  १ : ०८ बजे

कांग्रेस छाडेर एमाले प्रवेश गरे प्रमोद कुमार यादव, रुपन्देही-४ बाट उम्मेदवार बन्ने

बुटवल । नेपाली कांग्रेसका नेता प्रमोद कुमार यादव नेकपा (एमाले)

चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा

काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी

रास्वपाका बालेन्द्र शाहले दर्ता गरे झापा-५ बाट उम्मेदवारी

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

महावीर पुनले गराए म्याग्दीबाट उम्मेदवारी दर्ता

पोखरा । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ